काठमाडौँ/ काँग्रेस नेता विमलेन्द्र निधिले डा. गोविन्द केसीको अनसनलाई नानी मैया प्रवृतिसँग तुलना गरेका छन् ।
डा. केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिनमा प्रा डा शशी शर्मालाई पुनःबहाली गराउने सर्वोच्च अदालतको आइतबारको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी अनशन बसिरहेका छन् ।
उनलाई अदालतको मानहानी गरेको अरोपमा सोमबार त्रिवि शिक्षण अस्पतालबाट नै प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । मंगलबार उनले अदालत पुगेर बयान दिएका थिए भने आज उनीको मुद्दाको बहस हुँदैछ ।
निधिले केसीबारे सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,
अदालतको अवहेलना र अनशन : दुबै फैशन हुन लागेको छ। नानीमैंयां प्रवृतिको लोकप्रियता बुद्धिविलासकोलागि त रमाईलै होला। तर, व्यवस्थापकीय एवं शासकीय उत्पादनकोलागि कति बुद्धिमत्तापुर्ण हुन्छ ख्वै !! ?
उनले थप लेखेका छन्
सरकार, संसद र अदालत -तीन वटै(राज्यको अंग) मैले भने अनुसार नै चल्नु पर्छ। I AM THE STATE होईन र यो ? नानीमैयांको पुलिंग अवतार र भक्तहरू .... !! रातोपाटी
[contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form] ्र