माेरङ्ग/ नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३–०७४ मा करिब रु साढे नौ करोड मुनाफा आर्जन गरेको छ । अध्यक्ष भेषप्रसाद धमलाले आव २०७३–७४ मा बैंकले एक लाख नौ हजार ८१३ घर परिवारमा लघुवित्त सेवा पुर्याइ ७३ हजार ८११ ऋणी सदस्यलाई रु तीन अर्ब नौ करोड ऋण लगानी गरेको बताए । उनले एक अर्ब १३ करोड बचत संकलन गरेको जानकारी दिए । बैंकले सम्पूर्ण शेयर धनीलाई आव २०७३–७४ को वितरणयोग्य मुनाफाबाट ७ दशमलव ६८ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस शेयर वितरण गर्ने जनाएको छ । बैंकका प्रबन्ध सञ्चालक मणिकुमार अज्र्यालले बैंकको चुक्ता पूँजी ३४ करोड ५७ लाख ८० हजार पुगेको बताए ।
नेरुडे लघुवित्तले १३ प्रतिशत बोनस शेयर दिने
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































