काठमाडौँ /  नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बनाएको संयुक्त कार्यदलको बैठक आज बस्दै छ ।

अपरान्ह बस्ने बैठकमा राष्ट्रिय सभाको उम्मेदवार, प्रदेश सरकार गठन लगायत विषयमा मापदण्ड तयार गर्न बैठक बस्न लागेको हो ।दुई दलबीच एकीकरण र गठबन्धन गर्दाका समयमा भएका सहमतिलाई आधार मानेर कार्यदलको बैठक बस्दैँ छ । ।

सरकार गठन र पार्टी एकताको तयारीमा रहेका एमाले र माओवादीबीच राष्ट्रिय सभाको निर्वाचन, प्रदेश मुख्यमन्त्री र सभामुख पदमा छलफल हुने जनाएको छ । यस अघिकै जस्तो ६० र ४० प्रतिशतका आधारमा भागबन्डाको तयारी गरेका छन्। प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना उम्मेदवार तय गर्नु पर्नेछ । ६० र ४० प्रतिशत भागबन्डा गरे एमालेको भागमा ३३ र माओवादीको भागबाट २३ जना उम्मेदवार हुने छन्।

प्रदेशको मुख्यमन्त्री र सभामुखको हकमा यो मापदण्ड अनुसार एमालेको भागमा ४/४ र माओवादीको भागमा २/२ जना पर्ने छन् ।कार्यदलले माघ १० भित्र राष्ट्रिय सभा उम्मेदवारी दर्ता गर्नुअघि प्रतिवेदन तयार गरी शीर्ष नेतृत्वलाई बुझाउने बताइएका छन् ।