पथरी । प्रथम प्रदेश नंं. १ एभरेष्ट भेट्रान गोल्कप २०७४ को जारी फुटबल खेलमा पूर्वाञ्चल भेट्रान क्लब फाइनलमा प्रवेश गरेको छ । सोमबार कानेपोखरी –५ स्थीत जहदाको खेलमैदानमा भएको खेलमा बिर्तामोड भेट्रान झापालाई १–३ गोलको अन्तरले पूर्वाञ्चल भेट्रान क्लब बिजय हुदै फाइनलमा पुगेको हो । खेलको ३ औँ मिनेटमा बिर्तामोड भेट्रान क्लब झापाका गणेश बहादुर सुब्बाले १ गोल गर्दै खाता खोलेका थिए । त्यसैगरी खेलको २० औँ मिनेटमा पूर्वाञ्चलका दिलिप पोवहाङले १ गोल गरी खेललाई बनाएका थिए । मध्यान्तर पछि पूर्वाञ्चलका दर्शन भक्त श्रेष्ठले १गोल गरेका थिए । त्यसैगरी पूर्वाञ्चलका लिलु गिरीले खेलको अन्तिममा १ गोलको गरेका थिए । खेलको म्यान अफ द म्याच पूर्वाञ्चलका लिलु गिरी घोषित भएका थिए । माघ ९ गते हुने फाइनल खेलको प्रथम हुनेले नगद रु ५१ हजार, दोस्रो हुनेले ३१ हजार,ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । सोमबारको खेल पूर्वाञ्चल भेट्रान क्लब र बिर्तामोड भेट्रान क्लब झापा बिच हुने नवीन उप्रेतीले जनाएको छ । मंगलबार हुने फाइनल खेलमा पुर्वान्चल भेट्रान क्ल्ब र बिन्दबासिनी भेट्रान क्ल्ब बिराटनगर विच हुने भएको हो ।