पथरी । मोरङको पथरीशनिचरे नपा २ स्थीत बुद्ध युथ क्लबले तेस्रो नगर स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले सोमबार पथरीशनिश्चरे नपा २ स्थीत क्लबमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो । नगर स्तरीय फुटबल माघ २७ गते देखि फागुन ७ गते सम्म पञ्चायत उमाविको प्रागङ्गनमा हुने आयोजकले जनाएको छ । फुटबल प्रतियोगितामा नगरको १० वडाको सवै टिमहरु सहभागि गराउने आयोजकको दावी गरेको छ । प्रतियोगिताको विजेतालाई ४० हजार रुपैया र उपविजेतालाई २० हजार रुपैया साथमा ट्रफी,मेडल र प्रमाण पत्र दिने खेल संयोजक विक्की राईले पत्रकार सम्मेलनमा बताए । त्यसैगरी प्रत्येक खेलमा म्यान अफ द सिरीज,उत्कृष्ट खेलाडी,वेस्ट गोलरक्षक,वेस्ट डिफेन्डर,वेस्ट खेलाडी,वेस्ट कोच र खेल अवधि भर उत्कृट गोल कर्ता लाई नगद सहित पुरस्कार प्रदान गरिने क्लब अध्यक्ष मदन राईले बताए । प्रतियोगिताको खर्च आर्थिक संकलन,पथरीबाट बैदेशिक रोजगारको लागी विदेश रहेको नेपालीहरु र पथररीशनिश्चरे नगरपालिको कार्यालयबाट जुटाउने आयोजक टिमले जनाएको छ । खेल सम्पन्न गर्न ३ लाख ६३ हजार रकम खर्च हुने आयोजकले अनुमान गरेको छ । नगर स्तरीय फुटबल प्रतियोगीतामा खर्च गरेर बचेको रकम सामाजीक काममा खर्च गर्दै जाने क्बलका अध्यक्ष मदन राईले जनाए । पथरीशनिचरे नगरपालीकालाई फुटबलको माध्यमबाट समाज तथा सहरको बिकास गरेर नगरलाई चिनाउने,स्थानीय खेलाडी युवाहरुको खेलकुदको विकास गर्ने उदेश्यले प्रत्येक बर्ष फुटबल प्रतियोगिताको आयोजना क्लबले गदै आएको छ । दोस्रो प्रतियोगिताको विजेतालाई ३० हजार रुपैया र उपविजेतालाई १५ हजार रुपैया पुरस्कार थियो । त्यसैगरी प्रथम नगर कपको पहिलो हुनेलाई १५ हजार र दोस्रो हुनेलाई ८ हजार रुपैया पुरस्कार रहेको थियो । दोस्रो नगर कपको उपाधि वडा नम्बर २ ले उपाधि चुमेको थियो भने उपविजेता वडा नम्बर १ भएको थियो । त्यसैगरी प्रथम नगर स्तरीय फुटबल प्रतियोगिता उपाधि वडा नम्बर १ ले हात पारेको थियो भने उपविजेता वडा नम्बर ३ भएको थियो । क्लबले फुटबलबाट बचेको रकम समाजमा बिभिन्न सामाजीक काम गर्दै आएका छन् । यसै क्रममा गत माघ ५ गते पथरीशनिश्चरे ३ को सामाजीक आधारभूत विद्यालयको शिशु देखि कक्षा १ सम्मका विद्यार्थीहरुलाई ७७ जना विद्यार्थीहरुलाई २५ हजार बराबरको सुईटर र ३० फुटको म्याट प्रदान गरेको थियो । त्यसैगरी १६ हजार बराबर खर्चको अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको थियो । वडा नं. २ मा रहेको पञ्चायत माविका अपाङगता भएको २६ जना विद्यार्थीहरुलाई १२ हजार बराबरको शैक्षिक र भौतिक सामाग्रीहरु वितरण गरेको क्लबका सचिव राकेश रार्ईले बताए ।