प्रथम प्रदेश नंं. १ स्तरीय एभरेष्ट भेट्रान गोल्डकप २०७४ को उपाधि पूर्वाञ्चल भेट्रान क्लबले चुमेको छ । मंगलबार कानेपोखरी –५ स्थीत जहदाको खेलमैदानमा भएको खेलमा बिन्दबासिनी भेट्रान क्लब बिराटनगरलाई १–२ गोलको अन्तरले पराजित गर्दै पूर्वाञ्चल भेट्रान क्लबले उपाधि चुमेको हो । निर्धारित समयमा गोल रहित बराबरीमा टुङ्गिए पछि खेलको छिनोफानो टाइबेकरले गरेको थियो । टाइबेकरमा बिन्दबासिनी भेट्रान क्ल्ब बिराटनगरका तर्फबाट भूवन राईले १ गोल मात्र गरेका थिए भने जय देवकोटा,दिलिप बासकोटा,विश्वनाथ चौधरी र उत्तर खवासले क्ुनै गोल गर्न सकेनन । त्यसैगरी पूर्वाञ्चलका तर्फबाट बिमल गुरुङ र दर्शन भक्त श्रेष्ठले १, १ गोल लगाएका थिए भने भक्क्त मगर,रमेश कुमार बस्नेत र साजन लिम्बूले गोल पोष्ट बाहिर हानेका थिए । खेलको म्यान अफ द म्याच पूर्वाञ्चलका रुपक गुरुङ घोषित भएका थिए । विजेता टिम पूर्वाञ्चलले नगद ५१ हजार र दोस्रो हुने बिन्दबासिनी भेट्रान क्लब बिराटनगरले ३१ हजार,ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । प्रथम पुरस्कार मोरङ क्षेत्र नं. ३ प्रतिनिधि सभाका सांसद भानुभक्त ढकालले पुरस्कृत गरेका थिए । त्यसैगरी दोस्रो पुरस्कार कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले वितरण गरेका थिए । कार्यक्रमका अध्यक्ष चरण गरुङ थिए भने संचालन दिपक थापाको रहेको थियो ।