विराटनगर/ विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस् मिटमा भलिबलमा मोर्डन एरा, क्रिकेटमा, ग्रिनल्याण्ड र अरनी, फुटबलमा ग्रिनल्याण्ड तथा मेरील्याण्ड विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ ।
हिसान मोरङको आयोजनामा विराटनगरमा मंगलबार भएको फुटबलको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले अर्किडलाई १–० गोलअन्तरले पराजित गरी ग्रिनल्याण्ड दोस्रो चरणमा प्रवेश गरेको हो ।
निकै रोमान्चक भएको प्रतियोगितामा ग्रिनल्याण्डका सन्तोष मारिकले पहिलो हाफको २७ मिनेटमा गरेको गोलनै निर्णायक बनो । प्रतियोगिताको म्यानअफ द म्याच ग्रिनल्याण्डका हिकमान लिम्बु घोषित भए ।
सोही दिन भएको दोस्रो खेलमा कोशी कलेजलाई हराउँदै मेरील्याण्ड कलेज दोस्रो चरणमा प्रवेश गरेको छ । मेरील्याण्डले ४–० गोल अन्तरले कोशी कलेजलाई पराजित गरेको हो । मेरिल्याण्डका विजय पोखरेलले २ गोल र सन्तोष मारिक तथा विवेक खवासले १÷१ गोल गरे । प्रतियोगिताको म्यान अफ द म्याच मेरील्याण्डका पोखरेल घोषित भए ।
भलिबलमा अर्किडलाई २५–१३, २५–१४ को सोझो सेटमा हराउँद मोर्डन एरा दोस्रो चरणमा प्रवेश गर्यो ।
विराटनगरको बैजनाथपुर रङशालामा भएको क्रिकेट प्रतियोगिताको पहिलो खेलमा ग्रिनल्याण्ड विजयी भइ क्वाटरफाइलनमा प्रवेश गरेको छ । लर्डबुद्धलाई ३ विकेटले पराजित गरी ग्रिनल्याण्ड क्वाटरफाइलनमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ रोजेको लर्डबुद्धले ८ ओभरमा ९९ सय रन बनायो ।
१ सय रनको विजयी लक्ष्य पाएको ग्रिनल्याण्डले १६.४ ओभरमा ७ विकेटको क्षतिमा भेटायो । ग्रिनल्याण्डका मनिष अधिकारीले बलिङमा दुई विकेट लिए भने विशाल राजवंशीले २० रन बनाएका थिए । प्रतियोगिताको म्यान अफ म्याच राजवंशी घोषित भए । लार्डबुद्धका साइरस रोयले बलिङतर्फ २ विकेट लिएका थिए ।
सोही दिन भएको क्रिकेट तर्फको दोस्रो खेलमा मोर्डन एरालाई ७८ रनले पराजित गरी अरनीको कलेज विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले ५ विकेटमा १ सय ३३ रन बनायो । १ सय ३४ रनको लक्ष्य पछ्याएको मोर्डन एराले १८.४ ओभरमा ५७ रन मात्र जोडेको थियो । अरनीका विपुल मिश्रले ६७ रन ल्याए । अविज्ञान यादव र प्रशान पोखरेले बलिङतर्फ समान ३–३ विकेट लिए । प्रतियोगिताको म्यानअफ म्याच अरनिका विपुल मिश्र घोषित भए ।