तरहरा/इटहरीको क्षेत्रीय रंगशालामा जारी स्वर्गिय मदन भण्डारी स्मृति इटहरी गोल्डकपमा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा विभागिय टिम भित्रुबन आर्मी क्बल काठमाण्डौलाई हराउँदै थ्रिस्टार क्लब काठमाण्डौ फाईनलमा प्रवेश गरेको छ । ट्याई ब्रेकरमा आर्मीलाई ३ – ५ गोल अन्तरले हराउँदै थ्रि स्टारले इटहरी गोल्ड कपले फाईनको यात्रा तय गरेको हो । नेपालको ए डिभिजनका दुई शशस्त्र महारथी टोली विच भएको भिडन्त निकै रोचक भएको थियो । दुई वर्ष पछि ए डिभिजन फुटवलमा फर्किएको थ्रि स्टार र पछिल्लो समय नेपाली फुटवलको महारथी मानिएको विभागिय टिम आर्मीको खेल हेर्ने सयौ दर्शकको उपस्थित रहेको थियो । अधिकांस दर्शक लामो समय पछि खेलमा फर्किएको थ्रिस्टारको सपोटमा थिए । निकै नै रोचक मानिएको यो खेलको बाजी चार वर्ष पछि थ्रिस्टारले विभागिय टोली आर्मीलाई हारको स्वाद चखाएको छ । खेलको सुरुवाती समयमा दुई टिम मैदानमा आक्रमक रुपमा प्रस्तुत भएका थियो । विभागिय टोली आर्मीले भर्खरै खप्तड गोल्डकपको सेमिफाईनलमा हराएको थ्रिस्टारलाई निकै सहज रुपमा मानेको थियो । तर सुरुवाती समयमा आक्रमक रुपमा मैदानमा थ्रिस्टार प्रस्तुत भए पछि विभागिय टोली आर्मी अत्ताल्लिएको थियो । मैदानमा आर्मी र थ्रिस्टार विच घस्साघस्सी समेत भएकको थियो । आक्रमक देखिएको थ्रिस्टार विरुद्ध आर्मीले आफ्नो रणनिति बदल्दै खेल खेलेको थियो । सट पासको अवधारणा वनाएको आर्मीले पहिलो हाफको २५ औ मिनेटमा टिम क्यापटेन भरत खवासको पासको सदुपयोग गदै चर्चित खेलाडी नवयुग श्रेष्ठले एक गोल गदै आफ्नो टिमलाई १ –० को अग्रता दिलाए । एक गोलको पछि परेको थ्रिस्टारले वारम्वार काउण्टर अट्याक गरेको थियो । बारम्वारको पोल एटेममा थ्रिस्टारका खेलाडीले गोल गर्ने नसके पछि पहिलो हाफ १ –० मा सकिएको थियो । दोस्रो हाफको सुरुवाती समय देखि नै थ्रिस्टारले आर्मीलाई दवावमा राख्न सफल भयो । अफ्रिकियन खेलाडी सहित मैदानमा आएको थ्रिस्टारका सुनिल वलले गरेको प्रहारलाई हेड मार्फत अजय मार्टिनले जाली चुमाएका थिए । त्यो सँगै खेल वरावरी भएको थियो । लगातार थ्रिस्टारले प्रहार गरेको बल आर्मीका गोल किपर विकासले विफल वनाए पछि निर्धारित ९० मिनेट वरावरीमा टुङ्गिएको थियो । पुन १५ मिनेटको अतिरिक्त समयमा पनि कुनै गोल हुन नसके पछि खेल ट्राईबेकरमा गएको थियो । ट्राईबेकरमा थ्रिस्टारका रज्जीत धिमाल,निराजन खड्का,सुनिल बल,बुद्ध जेम्जोङ र अनन्त तामाङले गोल गरेका थिए । विभागिय टोली आर्मीका सन्तोष तामाङ,नवयुग श्रेष्ठ,दिप लामा ले गोल गरेका थिए । र विभागिय टोली आर्मीका अरिब विष्टले गरेको प्रहार थ्रिस्टारका गोल किपर एलेन न्यौपानेले क्याच गरे पछि चार वर्षको विजय यात्रामा थ्रिस्टारले आर्मीलाई पूर्ण विराम लगाएको छ । आर्मीको कोच नविन न्यौपानेले वारम्वार खेलाडीले खेल खेलेर थकान नभएको कारण यहाँ हार्ने पुगेको वताए । थ्रिस्टारका कोच मेगराज केसीले निकै लामो समय पछि आर्मीलाई जितेकोमा खुसी ब्यक्त गरे ।प्रतियोगिता ठुलो भए पनि आयोजकले खेल स्तरको निर्णयक मण्डली नल्याएको कारण आफ्नो खेलाडीले सुरुवाती समयमा मानसिक दवावमा रहनु परेको वताए । बुधवार भएको खेलको म्यान अफ द म्याच अजय मार्टिन घोषित भए । उनले नगद १० हजार रुपैया पाए । राष्टिय जागृति क्लब इटहरीको आयोजनामा नेपालकै सर्वाधिक राशीको प्रतियोगितामा यसै वर्ष देखि सुरु गरेको हो । विजेताले १२ लाख नगद, २.५ तोला सुन र ८० तोला चाँदिबाट निर्मित ट्रफि प्रदान गरिने छ भने उपविजेतालाइ नगद ५ लाख पाउँने छन । विहिवार दोस्रो सेमिफाईनल खेल मनाङ मस्यार्दी क्बल काठमाण्डौ र गरिफा स्पोटिङ क्लब कोलकता भारत बिच हुने आयोजक समितिका अनुरोध थापाले वताए ।