
गरिफालाई ३–० गोल अन्तरले हराएको छ । पूवाद्र्ध आक्रमक खेल प्रस्तुत गरेको दुबै टिम दोस्रो हाफमा गरिफामाथि मनाङ हावी भयो । पाँच विदेशी खेलाडीसहित मैदानमा ओर्लिएको गरिफाले दोस्रो हाफमा आफ्नो शाख जोगाउन सकेन । राष्ट्रिय खेलाडीले भरीभराउ मनाङलाई पाहुना टोलीले दवावमा राखेको थियो । पहिलो हाफको अन्तिम ४४ मिनेटमा मनाङका स्टाईगर सन्तोष साहुखलले गोल अगाडी बढाउँने क्रममा गरिफा कोलकताका अब्बु बोकाईले फल गदै नियतबस अनुहारमा किक प्रहार गरे पछि रातो कार्ड पाए सँगै मैदानबाट बाहिरिएका थिए । पहिलो हाफ दुबै टिमले कुनै गोल हुन सकेन । दश खेलाडीमा सिमित रहेको गरिफा कोलकतालाई दोस्रो हाफमा भने मनाङले सुरुवाती देखि नै दवावमा राखेको थियो । एक खेलाडी गुमाउँदै कमजोर बनेको कोलकतालाई दोस्रो हाफको दुई मिनेटमा सुजल श्रेष्ठको राम्रो पासको सदुपयोग गदै स्टाईगर साहुखलले जाली चुमाएका थिए । आफुलाई निकै दवाव महसुष गरिरहेको कोलकता भारत मैदानमा सम्हालिन नसक्दा २२ औ मिनेटमा पुःन साहुखलले भेक्टरको पासमा गोल गदै आफ्नो टिमलाई २ –० को अग्रता दिलाएका थिए । मनाङले एक खेलाडी गुमाएको कोलकताबाट पूर्ण फाईदा उठाउँदै दोस्रो हाफको ३० औ मिनेटमा वान टु वान बल क्यारी गदै विमल रानाले उत्कृष्ट गरेका थिए । त्यो सँगै कोलकता भारत थप निराश वनेको थियो । खेल अवधीभर कोलकताका खेलाडीले दवाव महसुष गरेका थिए । विहिवार भएको अन्तिम सेमिफाईनल खेलको म्यान अफ द म्याच मनाङका लोकप्रिय स्टाईगर सन्तोष साहुखल घोषित भए । उनले नगद १० हजार पाए । उनलाई सुनसरी क्षेत्रनम्वर २ का संसद सिताराम मेहेताले उक्त रकम प्रदान गरे । मनाङका टिम म्यानेजर प्रेम टासीले आफ्नो टिमले मैदानम उत्कृष्ट खेल प्रस्तुत गरेको दावी गरे । उनले भने कोलकता भारतलाई सहज जिते पनि कोलकताको निकै राम्रो खेल रहेको प्रशंसा गरे । उनले निर्णायक मण्डलीको डिसिजनमा आपत्ती जनाए । फितलो निर्णय भएको कारण मैदानमा खेलाडीहरु विच धेरै पटक घस्साघस्सी भएको थियो उनले थपे । उता कोलकोता भारतका कोचले भने कुनै प्रतिक्रिया जनाउँन मानेन् । राष्टिय जागृति क्लब इटहरीको आयोजनामा नेपालकै सर्वाधिक राशीको प्रतियोगितामा यसै वर्ष देखि सुरु गरेको हो । विजेताले १२ लाख नगद, २.५ तोला सुन र ८० तोला चाँदिबाट निर्मित ट्रफि प्रदान गरिने छ भने उपविजेतालाइ नगद ५ लाख पाउँने छन । शनिवार हुने फाईनल खेल मनाङ मस्याङ्दी काठमाण्डौ र थ्रिस्टार विच हुने आयोजक समितिका अध्यक्ष संजिव ढुगांनाले वताए ।