तरहरा/सर्वाधिक राषीको मदन भण्डारी स्मृति इटहरी गोल्डकप थ्रिस्टारको पोल्टामा पुगेको छ ।
[caption id="attachment_70915" align="alignnone" width="800"]
तस्विर सौजन्य: ध्रुब ढकाल[/caption]
शनिबारको फाइलन खेलमा चिरप्रतिद्धन्द्धी मनाङ मस्याङ्दीलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो । उपाधि जितेको थ्रिस्टारले नगद १२ लाखसहित अढाई तोला मदन भण्डारी अंकित सुन र ८० तोलाको रनिङ ट्रफी पाएको छ । खेलको ३६ औं मिनेटमा थ्रिस्टारका बुद्ध चेम्जोङको प्रहारले जाली चुमेपछि मनाङ स्तब्ध बन्यो । उपविजेतामा सिमित मनाङले नगद ५ लाख रुपैयासहित ट्रफी पाएको छ ।
खप्तड गोल्डकपमा क्वाटरबाटै पराजय भोगेर फर्किएको थ्रिस्टारले इटहरी गोल्डकपमा सफलता प्राप्त ग¥यो । ‘गेम त टफ नै हो, जित्छौं भन्ने कन्फिडेन्ट पनि थियो ।’ थ्रिस्टारका प्रशिक्षक मेघराज केसीले भने । फाइनल खेलको म्या अफ दी म्याच बुद्ध चेम्जोङ घोषित हुँदै नगद १० हजार रुपैया पाए ।
प्रतियोगिताको सर्वेकृष्ट खेलाडी थ्रिस्टारका अनन्त तामाङ घोषित भए । उनले २५ हजार नगद सहित ४२ इन्चको टिभि प्राप्त गरे । वेष्ट गोलकिपरमा थ्रिस्टारका एलिन न्यौपाने घोषित भए । उनले नगद २० हजार पाए । वेष्ट डिफेन्समा मनाङका विराज मर्हजन घोषित हुँदै नगद २० हजार रुपैया पाए । वेष्ट मिडफिल्डरमा मनाङका हेमन गुरुङ हुँदै नगद २० हजार जिते । वेष्ट फरर्वडमा थ्रिस्टारका मार्टिन घोषित हुँदै नगद २० हजार रुपैया पाए ।
सर्वाधिक गोलकर्ता मनाङका सुजन श्रेष्ठ र थ्रिस्टारका मार्टिन हुँदै नगद १५/१५ हजार रुपैया जिते । वेष्ट प्रशिक्षक थ्रिस्टारका मेघराज केशी घोषित हुँदै नगद २० हजार पाए । त्यस्तै दर्शक तर्फ अविनाश लिम्वुले लक्की ड्र मार्फत ३२ इन्चको टिभि पाए ।