विराटनगर । ८ औं हिसान स्पोर्टस् मिटमा शनिबार भएको विभिन्न खेलमा विराटनगरका आधा दर्जन कलेज विजयी भइ फाइनलमा प्रवेश गरेको छ ।
हिसान मोरङको आयोजनामा विराटनगरमा भएको टेबल टेनिसमा शिक्षादीप, कान्तिपुर, मेरील्याण्ड, पुरुष भलिबलमा मोर्डन एरा, कान्तिपुर र क्रिकेटमा कान्तिपुर विजयी भइ फाइनलमा प्रवेश गरेको हो ।
क्रिकेटमा कान्तिपुर फाइनलमा
क्रिकेटतर्पm भएको खेलमा कान्तिपुर कलेज फाइनलमा प्रवेश गरेको छ । कान्तिपुरले भानुमेमोरियल कलेजलाई ३ विकेटले पराजित गर्दे उपाधि नजिक पुगेको हो ।
कान्तिपुरले टस जितेर पहिलो ब्याटिङ गर्न भानुलाई अवसर दियो । भानुले ब्याटिङ गर्दै निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय १९ रन बनायो । जसमा नविन यादवले ३६, गौरव लाभले २२ र भूपेश पासवानले २१ रन बनाए । बलिङमा बबलु राजवंशीले ३ र सन्धिर रजकले २ विकेट लिए ।
१ सय २० रनको विजयी लक्ष्यका साथ मैदानमा आएको कान्तिपुरले पूरै ओभर खेल्दै ७ विकेटको क्षतिमा विजय लक्ष्य भेटाएको थियो । जसमा बबलु राजवंशीले १९, अजय यादव र एमएस न्यौपानेले समान १५–१५ रन बनाए । बलिङमा विकास साह र नविन यादवले २–२ विकेट लिए ।
खेलको म्यान अफ द म्याच कान्तिपुरका बबलु राजवंशी घोषित भए । उपाधि जितका लागि सोमबार शिक्षादीप र कान्तिपुरबीच प्रतिस्पर्धा हुनेछ ।
टिटीमा शिक्षादीप, कान्तिपुर र मेरील्याड विजयी
विराटनगरमा शनिबार भएको टेबल टेनिस छात्र टिम इभेन्टतर्फ शिक्षादीपले अरनीलाई ३–० को सेटले पराजित गरी शिक्षादीप फाईनलमा पुगो भने कान्तिपुरले मेरील्याण्डलाई ३–० को सेटले हराउँदै कान्तिपुर फाइनलमा प्रवेश गरेको हो । सोमबार हुने छात्रतर्फको टेबल टेनिस टिम इमेन्टको फाइनलमा शिक्षादीप र कान्तिपुरले प्रतिस्पर्धा गर्नेछन् ।
छात्रातर्फको टिम इभेन्टमा शिक्षादीपले भानुलाई ३–१ को सेटले पराजित गरी शिक्षादीप फाइनल यात्रा तय ग¥यो भने मेरील्याण्डले अरनीलाई ३–० को सेट अन्तरले पराजित गरी मेरील्याण्ड फाइनलमा प्रवेश गरेको हो । फाइनलमा मेरील्याण्ड र कान्तिपुले प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै छात्र सिङगल इभेन्टमा मेरील्याण्डका राहुल साहले शिक्षादीपका खुबलाल साहलाई ३–० को सेटले पराजित गरी राहुल फाइनलमा प्रवेश गरे भने कान्तिपुरका सुभम श्रेष्ठले अरनीको सुभव कार्कीलाई ३–१ को सेटले पराजित गरी सुभम फाइनलमा पुगे ।
छात्रातर्फको सिङगत इभेन्टमा कान्तिपुरकी अन्जली मण्डलले शिक्षादीपकी अन्सु श्रेष्ठलाई ३–२ को सेटले हराउँदै अन्जली फाइनलमा पुगिन् भने मेरील्याण्डकी अंकिता उदासले अरनीको अनुपा भट्टराईलाई ३–० को सेटले पराजित गरी अंकिता फाइनलमा पुेगेकी छिन् ।
भलिबलमा मोर्डन एरा कान्तिपुर फाइनलमा
विराटनगरको कोशी क्याम्पसमा भएको पुरुष भलिबलको पहिलो खेलमा मोर्डन एराले लर्डबुद्धलाई २५–१५, २५–९ र २५–१९ को सोझो सेटले पराजित गरी मोर्डन एरा फाइनल यात्रा तय ग¥यो । सोही दिन भएको दोस्रो खेलमा कान्तिपुरले ग्रिनल्याण्डलाई २५–१५, २५–२२ र २५–१५ को सोझो सेटले पराजित गरी कान्तिपुर फाइनलमा प्रवेश गरेको हो । माघ १६ गते हुने भलिबलको फाइनलमा मोर्डन एरा र कान्तिपुर कलेजबिच प्रतिस्पर्धा हुनेछ ।
फुटबलमा डिपियस र लर्डबुद्ध दोस्रो चरणमा
स्थानिय सहिद रङ्गशालमा भएको फुटबलको पहिलो खेलमा दिल्ली पब्लिक स्कूलले यूरोकिड्सलाई २–१ गोल अन्तरले पराजित गरी डिपियस क्वाटरफाइनलमा प्रवेश गरेको हो । निकै रोमान्चक भएको खेलको पहिलो हाफसम्म गोल रहित खेल बरावरी भयो । मध्यान्तरपछि ३७ औं मिनेटमा यूरोकिड्सका विकल्प चौधरीले गोल गरी जाली चुमे । यूरोकिड्सले गोल गरेको १० मिनेट नबित्दै डिपियसका प्रताब चौधरीले ४८ औं मिनेटमा गोल गरी खेल बराबरीमा ल्याए । खेलको दोस्रो हाफदेखी दबाबमा राखेको डिपियसले ५३ औं मिनेटमा मिलन राईले गोल गरी टिमको जित सुनिश्चत गरे । खेलको म्यान अफ द म्याच डिपियसका प्रताब घोषित भए ।
सोही दिन भएको दोस्रो खेलमा लर्डबुद्धले सिटी कलेजलार्य २–० को गोलले पराजित गरी लर्डबुद्ध क्वाटरफाइनलमा प्रवेश गरेको हो । जितका लागि लर्डबुका अजय कार्कीले एक्लै दुई गोल गरे । उनले खेलको ९ औ मिनेट र ५० औ मिनेटमा गोल गरी टिमलाई क्वाटफाइलनमा पु¥याए । खेलको म्यान अफ म्याच पनि दुई गोल गर्ने अजय घोषित भए ।