सोमबारदेखि माघ २० गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी कार्यक्रममा फूटवल तर्फ १६, क्रिकेट तर्फ १०, वास्केटवल तर्फ ११,भलिवल छात्रा तर्फ ८, हाजिरिजवाफ तर्फ १४ र मारुनी नृत्य तर्फ १३ वटा विद्यालयका टिमको सहभागिता रहने हिसान सुनसरी अध्यक्ष मुकुन्द घिमिरेले जानकारी दिए । जिल्लाका नीजी विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत छात्र–छात्राहरुका प्रतिभा र क्षमताको पदर्शनको लागि हरेक वर्ष यस्तो कायृक्रम आयोजन गर्ने गरिएको खेल संयोजक तथा सदस्य सागर भट्टराईले जानकारी दिए ।
तय गरिएका कार्र्यक्रम मध्ये इटहरीको डिभिएम स्कुलको खेद मैदानमा मंगलबारदेखि क्रिकेट प्रतियोगिता, इटहरी रंगशालामा छात्रा तर्फको भलिवल,र सुस्मा गोदावरी इटहरीमा समापन तथा नृत्य कार्यक्रम हुने छ । यसै गरी एन्फा खेल मैदान धरानमा फूटवल, डिपोट स्कुल धरानमा वास्केटवल र युरेका स्कुल धरानमा हाजिरिजवाफ प्रतियोगिता हुने अध्यक्ष घिमिरेले जानकारी दिए ।
सप्ताहव्यापी कार्यक्रममा सात लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ सो रकम नाम दर्ता, सहयोग र उच्च माविहरुबाट संकलन हुने पत्रकार सम्मेलानमा जानकारी दिइयो ।