धरान । आहा-राराको तीन पटकको उपविजेतालाई नेपाल आर्मी क्लबलाई हराउँदै धरान फुटबल क्बल १६ औं संस्करणको आहा-राराको सेमिफाइनलमा प्रवेश गरेको छ।
जितसँगै धरानले फाइनल प्रवेशका लागि एपिएफ र थ्रीस्टारको विजेतासँग खेल्ने छ। निधारी समय र थप समयमा दुबै टिमबाट एक/एक गोल भए पछि खेल ट्राइब्रेकरमा ५–४ गोलले धरान विजयी भयो।
यस सिजनको तीन वटा उपाधि जितिसकेको आर्मी आहा रारामा भने पहिलो खेलबाटै बाहिरियो।
आर्मीका जर्ज प्रिन्स कार्कीको प्रहार बारमा लागेर बाहिरिए पछि आर्मी ट्राइब्रेकरको सिकार भयो। खेलको १८ औं मिनेटमा आर्मीका भरत खवासले गोल गरेर आर्मीका खाता खोलेका थिए।
एरिक विष्टले कर्नरबाट प्रहार गरेको बललाई विकास तामाङले डिबक्समा मिलाई दिएको बललाई भरतले गोल गरे।
धरानका लागि खेलको ६३ औ मिनेटमा खेलको म्यान अफदि म्याच बन्न सफल निशान लिम्बुले गोल गरे। ट्राइब्रेकरमा धरानका बिष्णु सुनार, सुरज विक, रोमन लिम्बु, बर्तमान राई र निशान लिम्बुले गोल गरे। त्यसै गरि आर्मीका लागि नवयुग श्रेष्ठ, दिप लामा, दिपक गुरुङ र विवेक बस्नेतले गोल गरे। सोमबारको खेल शसस्त्र प्रहरीको एपिएफ क्लब र थ्री स्टारबिच खेल हुने छ।