विराटनगर । उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले राजनैतिक अधिकारको लडाईलाई अन्त्य गरी अब आर्थिक समृद्धितर्फ अगाडी बढनुपर्ने बताएका छन् ।

सुनसरीको गढी गाउँपालिका – २ औरावनीमा चौधरी ग्रुपको सीजी इन्डस्ट्रियल पार्कको आइतबार शिलान्यास गर्दै गच्छदारले राजनैतिक अस्थिरताको कारणले दशे समृद्धितर्फ अगाडी बढन नसकेको भन्दै अब आर्थिक रुपमा अगाडी बढनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै उनले सुनसरीको औरावनीमा स्थापना भएको उद्योग ग्रामले यस क्षेत्रको विकास ठूलो फ्डको मार्ने बताए । उनले भने, ‘देशलाई समृद्धीको बाटोमा अगाडी बढाउन उद्योग ग्रामले प्रेरणाको स्रोत बन्नेछ ।’ उनले लगानमैत्री वातवरणको सृजना गरी देशलाई समृद्धितर्फ लानुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रदेश नम्बर १ सम्भावना बोको प्रदेश रहेको बताए । उनले यस प्रदेशलाई अवसरको रुपमा परिणत गर्न सके अन्य प्रदेशभन्दा समृद्धीको बाटोमा अगाडी बढने बताए । अर्थमन्त्री कार्कीले देशलाई समृद्धीको बाटोमा अगाडी बढाउन चौधरी ग्रुपले स्थापान गर्न लगेको उद्योग ग्राम प्रेरणाको स्रोत बन्ने बताए ।

त्यस्तै एमाले नेता भीम आचार्यले राजनैतिक प्रतिस्पधी धेरै भएकाले अबको प्रतिस्पर्धा विकाससँग गर्नुपर्ने बताए । अनि मात्र देश समृद्धीको बाटोमा अगाडी बढने उनको भनाई थियो ।