सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

हट फिल्म ‘हेट स्टोरी ४’ को ट्रेलर २ दिनमै १ करोड भ्युअर (ट्रेलर सहित)

ब्लाष्ट खबर माघ १५, २०७४ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
हट फिल्म ‘हेट स्टोरी ४’ को ट्रेलर  २ दिनमै १ करोड भ्युअर (ट्रेलर सहित)

बलिउडमा सिक्वेलको रुपमा बोल्ड अनि सेक्सी फिल्मको रुपमा लिईएको फिल्म हेट स्टोरीले ट्रेलरमा नै बलिउडको सबै फिल्महरुको रेकर्ड तोडेको छ । हट र बोल्ड फिल्मको सिरिजकोरुपमा लिईने हेट स्टोरीको चौथो भागको ट्रेलरले नै धमाका मचाएको छ ।

यसले दुई दिनमा नै १ करोड भन्दा बढि भ्यअुर पाएको छ ।नेपालमा समेत यसको ट्रेलर  ट्रेन्डिङ नम्बर १ हुदै २ मा पुगेको छ । यस फिल्मलाई टिसिरीजको व्यानरमा निर्माण भएको यस फिल्ममा पुर्व मिस इण्डियासमेत रहेकी नायिका उर्वशी रौतेल बोल्ड र हट अवतारमा देखिएकीछिन् ।

सनी देओलको फिल्मबाट सिम्पल नायिकाको रुपमा भित्रिएकी उर्वशी हट र बोल्ड क्यारेक्टरमा देखिएपछि सबैजना छक्क पनि छन् ।यही फिल्मबाट टेलिभिजन स्टार करण वाहीले डेब्यु पनि गर्देछन् । बिशाल पाण्डेले निर्देशन गरेको हेट स्टोरीमा बोल्डनेसको कुरा गर्ने हो भने पहिलो भागमा जस्तो बोल्ड त त्यसपछिको सिरीजमा त्यती आएनन ।

पहिलो फिल्ममा नायिका पाउली दामको हट दृश्यहरुले खुबै हंगामा मच्चाएको थियो । त्यसपछिका सिरीजहरु पनि पहिलो भागको तुलनामा कम हट भएपनि बक्सअफिसमा भने हिट भएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार