पानवारी । सोमवारदेखि सुरु भएको हिसान स्पोर्टस मिट २०७४ अन्तर्गत बास्केटवल प्रतियोगितामा डिपो मावि, अल्पाइन एम्स एकेडेमि, विष्णु र विश्व आर्दश इटहरी दोस्रो चरणमा प्रवेश गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमामा नै युरेका उच्च माविले डिपो उच्च माविलाई वाक ओभर दिए पछि डिपो विजयी हुदै सोझै सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा एम्सले धरान माविलाई २९–२६ अंकले पराजीत गरेको छ भने तेस्रो खेलमा विष्णुले विजयपुर स्कुललाई २९ – १९ अंकको अन्तरले पराजीत गरेको छ । चौथो खेलमा सुष्मा गोदावरी मावि इटहरीले वाकओभर दिए पछि विश्व आर्दश विजयी भएको छ । एम्स एकेडेमी, विष्णु मोमेरियल र विश्व आदर्श प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेका छन् । एम्स र धरान मावि विच भएको खेलमा निर्धारित चार क्वाटरको खेलमा २५–२५ वरावर अंक भएपछि थप पाच मिनटको समयमा एम्स विजयी भएका हो । खेलमा एम्सले ४–९–९–३–४ अंक जोडेका थिए भने धरान उच्चले ९–२–१२–२–१ अंक जोडेको थिए । त्यस्तै गरि विष्णुले १०–२–८–९ र विजयपुरले १–१०–०–८ अंक जोडेका थिए । खेलमा एम्सका खेलाडि सुसन श्रेष्ठ र विष्णुका कैलास लिम्वु म्यान अफ द म्याच घोषित भए । उनिहरुलाई हिसान बास्केटवल प्रतियोगिताका संयोजक डिपो आर्दश वहुमुखि क्याम्पसका प्रमुख राजकुमार राई र नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाले मेडल लगाइदिएका थिए । उद्घाटन कार्यक्रममा प्रमुख अतिथी धरान उपमहानगरपालिका खेलकुद प्रमुख सुवास राई, विषेश अतिथी जिल्ला बास्केटवल संघ, सुनसरी अध्यक्ष नारायण सुवेदि, हिसान स्पोर्टस मिट संयोजक सागर भट्टराई लगायतको उपस्थिती रहेको थियो । बास्केटवल प्रतियोगितामा सुनसरी भरिका एघार वटा विद्यालयले सहभागिता जनाएको बास्केटवल प्रतियोगिता संयोजक राजकुमार राईले जानकारी गराए । माघ १८ गते सम्म सम्पन्न हुने प्रतियोगितामा धरान बास्केटवल संघको प्राविधिक सहयोग रहेको जिल्ला बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले जनाए । भोलिको खेल विष्णु र धरान आदर्श, विश्व आदर्श र नेसनल र एम्स र सिओन उच्च मावि विच प्रतिश्पर्धा हुनेछ ।