सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ सुनसरीको आयोजनामा सोमबारदेखि सुरु हिसान स्पोर्टस मिट अन्तर्गत इटहरीमा सुरु भएको क्रिकेटमा बिश्वआदर्श र युरेका कलेजले बिजयी सुरुवात गरेको छ ।
सोमबार सम्पन्न पहिलो खेलमा बिश्व आदर्शले सुष्मा गोदावरी कलेजलाइ २९ रनले पराजित गरेको छ भने दोसो्र खेलमा यूरेका उच्च माबिले नेशनल एकेडेमीलाइ २ विकेटले पराजित गरेको छ । इटहरीको नेपाल डिभिएम स्कूलको पिचमा सोमबार भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बिश्व आदर्श कलेजले निर्धारित १५ ओभरको खेलमा ९ विकेट गुमाउदै ७६ रनको योगफल खडा गरेको थियो ।
बिश्व आदर्शलाइ सम्मानजनक स्कोर बनाउन खेलको म्यानअफ द म्याच मनिष पौद्धारले १८, सिमन्त रेग्मीले १२ र सुलभ खड्काले ११ रनको योगदान दिए । बलिङ तर्फ सुष्मा गोदावरीका बब्लु झाले ३ विकेट र शुलभ खड्काले २ विकेट लिए । जवाफमा ७७ रनको बिजयी लक्ष्य पछ्याएको सुष्मा गोदावरी कलेजले निर्धारित १५ ओभरको खेलमा १४ दशमलव ४ बलमा अलआउट हुदै ४७ रन मात्र बनायो ।
जसमा अजित चौधरीले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर खडा गर्न सकेनन । बलिङ तर्फ बिश्व आदर्शका तर्फबाट भुपाल लुइटेल र दिल्ली भटराइले २–२ विकेट लिए । यस्तै सोमबार नै सम्पन्न दोसो्र खेलमा युरेका एकेडेमी बिजयी भएको छ । युरेकाले नेशनल एकेडेमीलाइ २ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेशनल एकेडेमीले १३ दशमलव ३ ओभर खेल्दै ५३ रन बनाउदै अलआउट भएको थियो । जसमा बिक्रम राइले १० रन बनाउनुबाहेक अन्यले दोहोरो रनको स्कोर बनाउन सकेनन । बलिङ तर्फ बिश्वजित राइले २ तथा रोनिक शाह र बिशाल मगरले १–१ विकेट लिए । जवाफमा ५४ रनको बिजयी लक्ष्य युरेकाले १३ ओभर खेल्दै ७ विकेटको क्षतिमा लक्ष्य भेटायो । जसमा म्यान अफ द म्याच उत्सव ढुंगानाले १५ रन बनाए । मंगलबारको पहिलो खेल धरान आदर्श र कोशी सेन्ट जेम्स उच्च माबि इटहरी बिच हुनेछ ।
यस्तै दोसो खेल डिपोट उच्च माबि धरान र सिबी कलेज इटहरी बिच हुने प्राविधिक सहयोग गरिरहेको सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेलले जानकारी दिनुभयो । सोमबारदेखि माघ २० गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी खेलकुद कार्यक्रममा फूटवल तर्फ १६, क्रिकेट तर्फ १०, वास्केटवल तर्फ ११, भलिवल छात्रा तर्फ ८, हाजिरि जवाफ तर्फ १४ र मारुनी नृत्य तर्फ १३ वटा विद्यालयका टिमको सहभागिता रहेको हिसान सुनसरी अध्यक्ष मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।
तय गरिएका कार्यक्रम मध्ये इटहरीको डिभिएम स्कुलको खेद मैदानमा क्रिकेट प्रतियोगिता, मंगलबारदेखी इटहरी रंगशालामा छात्रा तर्फको भलिवल प्रतियोगिता गरिने हिसान सुनसरी अध्यक्ष मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।