पानवारी । सुनसरी हिसान स्पोर्टस् मिट अन्तर्गत भइरहेको बास्केटबल प्रतियोगिताको फाइनल खेल डिपो स्कुल र एम्स एकेडेमीबीच हुने भएको छ । वुधवार भएको सेमिफाइनल खेलमा डिपोले धरान आदर्श स्कुल र एम्सले विश्व आदर्श इटहरीलाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेका हुन् । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा डिपोले धरान आदर्शलाई ३२–२३ र वुधवार नै भएको दोस्रो सेमिफाइनल खेलमा एम्सले विश्व आदर्शलाई ३८–१२ अंकको अन्तरले पराजित गरेका थिए । खेलमा डिपो र धरान आदर्शले क्रमशः प्रत्येक क्वाटरमा ४–४, १६–४, १२–७ र १०–८ अंक जोडेका थिए भने एम्स र विश्व आदर्शले क्रमशः १३–४,२–२, १४–० र १०–६ अंक जोडेका थिए । म्यान अफ द म्याच घोषित भएका कविन मगरले डिपोको जितको लागि व्यक्तिगत १२ अंक जोडेका थिए । दोस्रो सेमिफाइनल खेलका म्यान अफ द म्याच घोषित एम्सका सुसन श्रेष्ठ र साजन राईले व्याक्तिगत ११, ११ अंक जोडेका थिए । उनिहरुलाई डिपो व्यवस्थापन समिति सदस्य भिमराज लिम्बू र नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाले मेडल प्रदान गरेका थिए । हिसान सुनसरीद्धारा आयोजित हिसान बास्केटवल प्रतियोगिताको फाइनल खेल विहिवार विहान ८ वजे हुने सुनसरी बास्केटवल संघका सचिव विकास चाम्लिङले जानकारी गराए । प्रतियोगितामा प्रविधिक सहयोग धरान बास्केटवल संघले गरेको छ ।