आफ्नै मजदुरले हेम्मरले आक्रमण गर्दा व्यवसायी पवन अग्रवाल गम्भीर
धरान/धरानका एक प्रतिष्ठित व्यवसायीलाई बिहीबार आफ्नै कामदारले टाउँकोमा हेम्मर प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।
व्यवसायी पवनकुमार अग्रवाललाई धरान–१८ क्याम्पगेट अघि निर्माणाधिन भवनमा कार्यरत एक मजदुरले हेम्मर प्रहार गरेका हुन् । हेम्मर प्रहारबाट अग्रवाल गम्भीर घाइते बनेका हुन् । उनको तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि विराटनगरको न्युरो अस्पतालमा लगिएको छ ।
घटना करिव एक बजेतिरको हो । निर्माणाधिन घरमा कार्यरत धरान–१६ नौलोवस्तीका ५३ वर्षीय मजदुर नविन गिरीले हेम्मर प्रहार गरेका हुन् । उनी हाल फरार रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए । हेम्मर प्रहारबाट अग्रवालको करिव २ इन्च जति गहिरो घाउ भएको छ । उनको अवस्था गम्भीर रहेको परिवार स्रोतले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























