विराटनगर/ प्रहरीले दैनिकजसो अवैध लागूऔषध र लागूऔषधमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ । खुल्ला सिमा र सिमावर्ती बजार जोगवनीमा सजिलै खरिद गरी आयत गर्न मिल्ने भएकोले अवैध लागूऔषध नेपाल भित्राउँदा लागूऔषधमा संलग्न व्यक्तिलाई प्रहरीले दैनिक जसो पक्राउ गरेको हो ।
पछिल्लो एक साताको अवधिमा लागूऔषध ब्यूरो विराटनगर र मोरङ प्रहरीले लागूऔषधमा संलग्नमा व्यापारी, कारोबारी र भरियालाई पक्राउ गर्न सफल भएको छ । व्यापारी र भरियासहित ठूलो परिणाममा लागूऔषध बरामद गरेको पाँच दिन बित्न नपाउँदै प्रहरीको आँखा छल्दै अवैध रुपमा नेपाल भित्राउँदै गरेको लागूऔषधको कारोबारी गर्ने एक दम्पतीलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । लागूऔषध ब्यूरोले विशेष प्रहरी परिचालन गरी बुधबार विराटनगर – १५ स्थित भन्सार कार्यालयको एरियाबाट लागूऔषध सहित सुनसरी बराह नगरपालिका ७ बस्ने २५ बर्षिय शम्भु परियार र उनकी श्रीमती धरान उप–महानगरपालिका १९ बस्दै आईरहेकी २२ बर्षिया संगिता परियारलाई पक्राउ गरेको हो ।
‘भारतको जोगवनी बजारबाट नेपालतर्फ पैदल आउँदै गरेका दम्पतीलाई शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा लागूऔषध भेटिएको,’ लागूऔषध ब्यूरो विराटनगरका प्रमुख राकेश कुमार पोद्धार भने, ‘कालो प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अबस्थामा दम्पतीको साथबाट लागूऔषध फेला परेको हो ।’ दम्पतीको साथबाट अवैध लागूऔषध एभिल २५ एम्पुल, लुपिजेसिक २४ एम्पुल र फेनारगन ३ एम्पुल फेलापारी बरामद गरेको हो । प्रहरीको अनुसार दम्पती लागूऔषधको कारोबारी रहेको बताएको छ । जोवनीमा सास्तोमा लागूऔषत खरिद गर्ने र धरानमा लगेर प्रयोगकर्तालाई खरिद गरेको भन्दा तेब्बर बढी मुल्यमा विक्री गर्ने गरेको बताइएको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय रानीमा बुझाईएको लागूऔषध ब्यूरोका प्रहरीले जनाएको छ । पक्राउ परेका दम्तीलाई लागूऔषध ओसारपसार अन्तर्गत मुद्दा चलाउने प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीले गएको शुक्रबार विराटनगरबाट लागुऔषध ४ सय ४ थान एम्पुलसहित २ जना व्यापारी र २ जना भरियालाई पक्राउ गरेको थियो ।
भारतको जोगवनीबाट खरिद गरी काठमाण्डौं पु¥याउने व्यापारी सिन्दुली दुधौली नगरपालिका – ८ का २४ वर्षिय बिवेक हमाल र विराटनगरका – ३ का २६ वर्षिय आशिष हमाललाई विराटनगरको डाटबाट पक्राउ गरेको थियो भने भरिया विराटनगर – १२ बखरीका २२ विर्षय सुबकलाल मोची र विराटनगर – १९ का केशव कामतलाई एयरपोट मोर्डबाट पक्राउ गरेको थियो । त्यस्तै लागुऔषध ब्यूरोले १९ पुसमा विराटनगर १२ बाट लागुऔषधको कारोबारी विनोद पोद्धारलाई अवैध १ हजार ३ सय एम्पुल लागुऔषध बरामद गरेको थियो ।