पानवारी (ब्लाष्ट) विवादास्पद पेनाल्टी गोल खानुपर्दा आहा रारा गोल्डपकको सेमिफाइनलबाट धरान फुटबल क्लब बाहिरीएको छ । खेलको २१ औं मिनेटमा पुलिसका रवि पासवानलाई डिबक्स भित्र लडाएपछि रेफ्री सुदीशकुमार पाण्डेले धरानका डिफेन्डर रोमन लिम्बुलाई पहेलो कार्ड दिए भने पुलिसलाई पेनाल्टीको अवसर दिएका थिए । रेफ्रीको निर्णयमा धरानले विरोध जनाएको थियो । आफ्नो अपिल सुनवाई नभएपछि धरानले मैदान छाड्ने चेतावनी दिदै केहिबेर खेल समेत रोकिएको थियो । तर, धरानका प्रशिक्षक अर्जुन राईले मैदान नछाडि खेल्न खेलाडीलाई आग्रह गरेपछि पुनः खेल सञ्चालन भएको थियो । पेनाल्टीमा पुलिसका सुमन लामाले गोल गरेका थिए भने सोही गोल खेलको निर्णायक बनेको थियो । खेल हारेपनि धरानले उत्कृष्ट प्रदर्शन गरेको थियो । करीब ६५÷४५ वल पोजिसन बनाएपनि फाइनल पुगेर इतिहास रच्ने मौका भने गुमायो र दोश्रो पटक सेमीफाइन पुगेको धरान यसैमा चित्त बुझाउदै घर र्फकन बाध्य भयो । शुरुदेखि नै सम्हालिएर खेलेको पुलिसमाथि धरान हावी भयो । धरानले खेलको ३२ औं मिनेटमा गोल गर्ने अवसर खेर फाल्यो । वर्तमान राईको कर्नर किकमा विष्णु सुनारले प्रहार गरेको हेडर बिपक्षी गोलकिपर शत्रुघन चौधरीले विफल पारे । ३७ औं मिनेटमा निशान लिम्बू बिपक्षी गोलकिपर चौधरीसग वान भर्सेज वानको अवस्थामा समेत गोल गर्न असफल भए । ४१ औं मिनेटमा विष्णु सुनारको पासमा निशान लिम्वुको एक्रोब्याटिक किक पनि चौधरीले नै विफल पारे । पहिलो हाफको ईञ्जुरी समयमा वर्तमानको कर्नर किकमा रोमन लिम्वुको हेडर क्रस बार माथिबार बाहिरियो । धरानले दोश्रो हाफमा पनि त्यसलाई निरन्तरता दियो । खेलको ५४ औं मिनेटमा वर्तमान राईको फ्रीकिक बल बिपक्षी डिफेन्डरबाट रिबाउण्ड भएपछि मनोज राईले गरेको कडा प्रहार क्रस बार भन्दा थोरै माथिबाट बाहिरियो । ८२ औं मिनेटमा निशान लिम्वुको पासमा वर्तमानले गोल गरेका थिए तर, रेफ्री पाण्डेले अफसाइड दिए । ८९ औं मिनेटमा मनोज राईको क्रसमा पेनाल्टी एरियामा रहेका सुरज विकको प्रहार फितलो हुदा गोल हुने अवसर ट¥यो । रक्षापंक्ति बलियो बनाएर काउण्टर अट्याकमा गोल गर्ने रणनीति बनाएको पुलिसले २–३ वटा भन्दा बढी गोल गर्ने अवसर सिर्जना गर्न सकेन । खेलको ७५ औं मिनेटमा मात्रै पुलिसले गोल गर्ने अवसर सिर्जना गरेको थियो । करीब ३२ यार्ड टाढाबाट अजित भण्डारीले प्रहार गरेको बल बिपक्षी गोलकिपर विवश चौधरीले विफल पारे । ७८ औं मिनेटमा सुमन लामाले गरेको कडा प्रहार बिपक्षी गोलकिपर चौधरीले पञ्च गरेर बचाए । सोहि रिबाउण्ड वललाई तेज तामाङले नियन्त्रणमा लिन नसक्दा गोल गर्ने अवसर गुम्यो । बिजयी टिम नेपाल पुलिस क्लवका प्रशिक्षक अनन्तराज थापाले संघर्षपूर्ण भएपनि जित निस्केकोमा खुशी व्यक्त गरे । खेल जित्नु नै मुख्य उद्देश्य भएको बताउदैसो टास्कमा आफू सफल भएको प्रतिक्रिया दिए । धरान फुटवल क्लव सुनसरीका म्यानेजर अशोक राईले रेफ्रीका गलत निर्णयका कारण पराजित हुनुपरेको गुनासो गरे । उनले राम्रो खेल्दाखेल्दै पनि रेफ्रीले दिनै नपर्ने सामान्य ट्याकलमा पेनाल्टी दिदा सो नै टर्निङ प्वाईन्ट बन्नपुगेको बताए । यद्वपी आज खेलाडीले खेलेको खेलप्रति भने सन्तुष्टि व्यक्त गरे । बिहीबारको खेलमा धरानका आधा दर्जन आक्रमण विफल पारेका पुलिसका गोलकिपर शत्रुघन चौधरी म्यान अफ दी म्याच भए । उनलाई नदग ५ हजार पाए । फाइनल खेल पुलिस र थ्रिस्टारबीच शनिबार हुनेछ ।