पानवारी/हिसान सुनसरीको आयोजनामा सम्पन्न हिसान स्पोर्टस मिट अन्र्तगत क्रिकेटको उपाधी बिश्वआदर्श कलेज इटहरीले जितेको छ ।
[caption id="attachment_71858" align="aligncenter" width="1033"] उपाधीको साथमा बिश्वआदर्शका खेलाडीहरु[/caption]शुक्रबार सम्पन्न फाइनलमा बिश्वआदर्शले सीबि कलेज इटहरीलाइ ५९ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधी जितेको हो । इटहरी स्थित नेपाल डिभिएम स्कूलको पिचमा टस जितेर पहिले ब्याटिङ गरेको बिश्वआदर्शले निर्धारित १५ ओभरको खेलमा ६ विकेट गुमाउदै १०९ रन बनाएको थियो । प्रतियोगिताकै उच्च योगफल बनाउने क्रममा बिश्वआदर्शको लागी धिरेन राइले सर्वाधिक ४६ रन बनाउदा सेमन्तराज रेग्मीले नटआउट २४ र भुपाल लुइटेलले २३ रन बनाए ।
बलिङ तर्फ सीबि कलेजका उज्वल दाहालले ३ विकेट लिए । प्रतिउत्तरमा ११० रनको बिजयी लक्ष्य पछ्याएको सीबि कलेजले १३ दशमलव ३ ओभर खेल्दै सबै विकेटको क्षतीमा ५० रन मात्र बनाउन सक्यो । सीबि कलेजका लागी इरफान हासमीले २२ रन बनाउदा मिलन खड्का र विबेक श्रेष्ठले १२–१२ रन बनाए । बलिङ तर्फ बिश्वआदर्शका भुपाल लुइटेलले ३ तथा निश्चल रेग्मीले २ विकेट लिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा म्यानअफ द फाइनल बिश्वआदर्शका भुपाल लुइटेल, उत्कृष्ट बलर कस्तुरी कलेजका बिश्चल बुढाथोकी र उत्कृष्ट ब्याष्टमेन सीबि कलेजका सलिम हासमी घोषित भए ।
बिजेता तथा उपबिजेता टिमलाइ हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरे लगायतले शिल्ड तथा मेडल प्रदान गर्नुभयो । माघ १५ गतेदेखी सुरु भएको प्रतियोगितामा सुनसरीका १० उच्च माबिको सहभागिता रहेको थियो ।