सुनसरी/ धरानमा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार हुने दोस्रो क्वाटरफाइनल खेलमा आयोजक धरान फुटबल क्लब र भारतको दुर्गापुर स्टील क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

खेल स्थानीय प्रस्तावित क्षेत्रीय रंगशालामा दिउँसो तीन बजे सुरु हुनेछ। खेलको बिजेताले मंगलबार हुने थ्रीस्टार र सुदूरपश्चिम–११ बीचको विजेतासँग सेमिफाइलनमा प्रतिस्पर्धा गर्नेछ।

माघ २७ गतेसम्म चल्ने प्रतियोगितामा एक विदेशी टोलीसहित ८ वटा टिम सहभागी छन् । प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले नगद ३ लाख रुपैयासहित ट्रफी पाउने छ। सर्वोकृष्ट खेलाडीले यामाहा कम्पनीको बाइक प्राप्त गर्नेछन्।