भद्रपुर । वडा प्रहरी कार्यालय भद्रपुरले ८१ ठेली भारतीय चिठ्ठासहित एक जना कारोवारीलाइ पक्राउ गरेको छ । झापाको भद्रपुर बजारमा दैनिक रूपमा भारतीय चिठ्ठाको बिगबिगी शिर्षकमा समाचार प्रकाशित भएपछि निगरानी बढाएको प्रहरीले कारोवारीलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेमा डाजुजोत भारतका २० वर्षिय मोहमद जिलालीलाई सोमबार साझ भद्रपुर ५स्थित राजन चोकवाट चिठ्ठासहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर प्रकाश जवेगुले बताए । भारतवाट भद्रपुर बजारमा बिक्रीका लागि ल्याउदै गरेको अवस्थामा कारोवारीलाइ नियन्त्रणमा लिएर चेकजाँच गर्दा नेपालमा प्रतिबन्धित चिठ्ठा बरामद गरिएको जवेगुले जनाए । चिठ्ठालाइ मंगलबार भारतमा खोलिने भएकोले एकदिन अघिनै नेपाल आएको कारोवारीले बताएको उनको भनाइ छ । बरामद गरिएको चिठ्ठाको भारतीय मूल्य १७ हजार ८ सय ५० रुपैया रहेको प्रहरीले जनाएको छ । मुख्यगरी भद्रपुरको बजारमा रहेको मोहपाल धर्मशाला आसपास, नगरपालिका कार्यालय आसपास कामेश्वर कम्प्लेक्स , सब्जी लाइन , सुन पसल पछाडि भारतीय चिठ्ठाको खरिद बिक्री हुने गरेको पाइएको छ । भारतबाट दैनिक ज्याला मजदूरीमा नेपाल आउनेदेखि कवाडीका सामान खोज्न आउने, लागू औषध बिक्री गर्न आउने, पोके तस्करीमा संलग्न हुने लगायतले भारतीय चिठ्ठा नेपाल भित्र्याउने र यहाँका केही उचन्ते पेशामा संलग्न व्यक्तिहरूले खरिद गरी समूह बनाएर वा एक्लै दैनिक चिठ्ठा खेल्ले लतनै बसीसकेको पाइएको छ । भारतको बंगाल राज्यको उत्तरी क्षेत्रमा सञ्चालित चिठ्ठामा लत बसेकै कारण सयौं परिवारको बिल्लीबाठ हुन थालेको छ । चिठ्ठा ऐन, २०२५ को दफा २ मा नेपाल सरकारको अनुमति दिएकोमा बाहेक कसैले चिठ्ठाको खरिद बिक्री गर्ने काम गर्न वा गराउन पाउँदैनन् । कुनै चिठ्ठा खोल्न, छाप्न वा प्रकाशित गर्न, कुनै चिठ्ठा बिक्री वितरण गर्ने वा बिक्री वितरण वा विज्ञापनको लागि दिने, कुनै चिठ्ठा सम्बन्धी विज्ञापन छाप्ने, प्रकाशित वा बिक्री वितरण गर्ने वा सो कामको लागि आपूm साथ राख्ने, नेपाल सरकारले तोकी दिएकोमा बाहेक विदेशी मुलुकबाट कुनै चिठ्ठा वा त्यस्तो विज्ञापन नेपाल अधिराज्यभित्र बिक्री वितरणको लागि ल्याउने वा झिकाउने वा बिक्री वितरण गर्ने वा त्यसरी ल्याई बिक्री वितरण भएको चिठ्ठाबाट प्राप्त भएको आम्दानी वा त्यस्तो चिठ्ठाको बिक्री वितरण सम्बन्धी कुनै लगत नेपाल अधिराज्य बाहिर पठाउने वा चिठ्ठा सम्बन्धी काम गर्नको लागि कुनै घर जग्गा प्रयोग गर्ने वा प्रयोगमा दिनेलाई निजको बिगो जफत भई बिगो बमोजिम जरिवाना वा ६ महिनासम्म कैद वा दुबै सजाय हुनेछ । भन्ने चिठ्ठा ऐनमा प्रस्ट व्यवस्था छ ।