धरान । इटहरी १६ वर्षिय वालिकालाई वलत्कार गरेको घट्नालाई जोडेर सामाजिक सञ्जालमा समग्र पत्रकार क्षेत्रकै मान मर्दन हुने गरी विनाप्रमाण टिकाटिप्पणी गरेको भन्दै पत्रकार आबद्ध संघसंस्था संस्थाहरुले सचेत गराएका छन । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का र सचिव हिमाल दाहालद्धारा सयुक्त हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ आधारहिन कुरालाई पत्रकारहरुले पैसा लिएको भन्दै सामाजिक सञ्जालमा नलेख्न उनीहरुलाई सचेत गराएको जनाएको छ । इटहरीका केहि पत्रकारहरुले पैसा लिएको भन्दै सामाजिक सञ्जालमा टिकाटिप्णी गरेका थिए । पत्रकार महासंघले यसरी तथ्यहिन कुरा लिएर समग्र पत्रकारहरुको वदनाम नगर्ने महासंघले सचेत गराएको हो । त्यस्तै सोमवारनै सयुक्त विज्ञप्ती जारी गदै नेपाल प्रेस युनियनका अध्यक्ष गणेश निरौला र प्रेस सेन्टर सुनसरीका अध्यक्ष श्रीशिसा राईले समग्र पत्रकारहरुकै मान मर्दन हुने गरी यसरी हचुवाको भरमा सामाजिक सञ्जालमा नलेख्न आग्रह गरेको छ । प्रमाण भए घट्नामा संलग्न जो सुकैलाई कार्वार्ही गर्ने महासंघ र सञ्चार सम्बद्ध सस्थाहरुले अपिल गरेका छन ।