धरान । सुनसरीको धरान-८ तिनकुने स्थित अस्थायी प्रहरी पोष्टमा खटिएका टोलीले मंगलबार साँझ धरान भित्र्याउन लागेका लागूऔषधहसित दुई युवकलाई पक्राउ गरेका छन्। पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका ६ बुधनगर बस्ने मंगल बरबरीया र सुनसरी धरान-१६ बस्ने पवन तामाङ रहेका छन्।
दुवै जनालाई प्रहरीले सवारी चेकजाँच गर्नेक्रममा छुट्टाछुट्टै बसबाट पक्राउ गरेका हुन्। बरबरियाको साथबाट एक सय पचास एम्पुल र तामाङो साथबाट अठार एम्पुल गरी एक सय छैसठ्ठी एम्पुल टिडिजेसिक बरामद भएको छ। बरबरिया साँझ ६ तिर लागूऔषध लिएर धरान आउदै थिए भने तामाङ करिब पौने आठ बजे पक्राउ परेका हुन। दुबै जनालाई ईलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखि थप अनुसन्धान कार्य भई रहेको छ।