पानवारी । मेयरकप स्कुल ओलम्पिक अन्तर्गत बुधबार भएको फुटबल खेलमा शिक्षा सदन मावि, ज्वालामुखी मावि, पब्लिक मावि र समिट स्कुल विजयी भएका छन् । एन्फा एकेडेमी धरानको खेल मैदानमा भएको खेलमा शिक्षा सदन मावि धरान–१५ ले सहिद स्मृति मावि धरान–८ लाई ट्राइब्रेकरमा पराजित गरेको छ । निर्धारित समयको खेलमा एक एक गोल बराबरी भएपछि खेल ट्राइब्रेकरमा सदनले ४–३ गोल अन्तरले खेल जितेको थियो । निर्धारित समयको खेलमा सदनका सन्देश जिमी र शहिद स्मृतिको तर्फबाट राजन राईले गोल गरेका थिए । ट्राइब्रेकरमा सदनको तर्फबाट सन्देश जिमी, आयन बेघा, कुमार मगर सुजन मगरले गोल गरेका थिए भने विकल राईले गोल गर्न सकेनन् । त्यस्तै सहिद स्मृतिको तर्फबाट सुनिल लिम्बू, सुजन मगर र सदर राईले गोल गरेका थिए भने दिपशे राई र रतन राईले गोल गर्न सकेनन् । बुधबार धरान–१३ को पूर्व क्षेत्रीय प्रहरी स्कुलले वाक ओभर दिएपछि ज्वालामुखी मावि धरान–१७ विजयी हुदै अघिल्लो चरणमा प्रवेश गरेको छ । एन्फा एकेडेमीको खेल मैदानमा भइरहेको खेलमा पब्लिक मावि धरान–१२ ले सरस्वती मावि धरान–६ लार्य २–० गोल अन्तरले पराजित गरेको छ । पब्लिकका तर्फबाट रोशन राई र मन्दिप राईले गोल गरेका थिए । मेयरकप स्कुल ओलम्पिक अन्तर्गत भएको पहिलो खेल जित्दै पब्लिक मावि दोस्रो चरणमा प्रवेश गरेको छ भने सरस्वती मावि प्रतियोगिताबाट बाहिरीएको छ । बुधबार समिट स्कुल धरान–९ले दिल्ली पब्लिक स्कुल धरान–१८ लाई पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको छ । निर्धारित समयको खेल एक एक गोलको बराबरीमा सकिएपछि ट्राइब्रेकरमा समिट स्कुलले ३–२ गोल अन्तरले दिल्लि पब्लिकलाई पराजित ग¥यो । निर्धारित समयमा समिट स्कुलको तर्फबाट राकेश माझी र दिल्लिको तर्फबाट अंकित राईले गोल गरेका थिए । ट्राइब्रेकरमा समिटको तर्फबाट मिलन राई, राकेश माझी र दिपहाङ राईले गोल गरे भने कृष्णकुमार राई र अविशेख कार्कीले गोल गर्न सकेनन् । त्यस्तै गरी दिल्लि पब्लिकको तर्फबाट अंकित राई र पोसानरेग्मीले मात्र गोल गरे भने अजय देवान, हेमविक्रम शाह र प्रविण भूजेलले गोल गर्न सकेनन् । नकाउटमा आधारित प्रतियोगितामा विजेता टोली अघिल्लो चरणमा प्रवेश गर्ने छन भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछन् । प्रतियोगितामा ४५ टिमको सहभागिता रहेको छ ।