विराटनगर । मोरङ प्रहरीले मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई मोटरसाइकलसहित मोरङको कटहरी गाउँपालिका – १ बाट पक्राउ गरेको छ ।

प्रहरीले तीन वटा मोटसाइकलसहित बासु राजवंशी र निशल भण्डारीलाई पक्राउ गरेको हो । मोटरसाइकल चोरीमा संलग्नलाई मोरङ प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ ।

विराटनगर ७ मा रहेको नेपाल टेलिकमको कार्यालयको कम्पाउण्डबाट को ५ प ९६०५ नम्बरको बजाज कम्पनीको मोटसाइकल चोरी भएको खरब प्रहरीलाई जानकारी गराएपछि प्रहरीले मोटसाइकल खोजी गर्ने क्रममा चोरीमा संलग्नलाई पक्राउ गरेको हो ।

‘मोटरसाइकल चोरी गरी चोरले प्लेट नम्बर परिवर्तन गरी चलाउने गरेको पाइएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले भने, ‘पक्राउ गरेका अभियुक्तहरुले पनि यस्तै गरेको पाइयो ।’ उनीहरुले चोरी गरेको मोटसाइकलेको नम्बर प्लेट परिवर्तन गरी को ५ प १२४२ नम्बरको प्लेट लगाएर चलाउँदै गर्दा फेला परेको प्रहरीले जनाएको छ ।

माघ १९ गते साझ विराटनगरको जैन भवन अगाडी पार्किङ गरी राखेको सुन्दर हरैचा २ का विपिन प्रसाद ओझाको को २३ प ८८५ नम्बरको एभेन्जर मोटरसाइकल चोरी भएको समेत प्रहरीले फेला पारेको छ । उक्त मोटसाइकल कानुनि प्रक्रिया पुरा गरी मोटसाइकल धनीलाई बुझाउने प्रहरीले जनाएको छ ।

पक्राउ परेको अभियुक्तहरुलाई मोरङ प्रहरीले चोरी अन्गर्तत मुद्दा चलाएको छ ।