आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूमा नामिबियाविरूद्ध ४ विकेट लिएका सन्दिप लामिछाने प्लेयर अफ द म्याच भएको छन्। उनले अन्तिम विकेटका लागि बसन्त रेग्मीसँग मिलेर १८ रनको साझेदारीसमेत गर्दै नेपाललाई खेल जिताउन महत्वपूर्ण भूमिका निभाए।

उनको उत्कृष्ट बलिङको सहयोगमा नेपालले नामिबियालाई १ सय ३८ रनमा समेटेको थियो।  ८.२ ओभर बलिङ गरेका सन्दीपले ३ मेडनसहित ४ विकेट लिएर १८ रन दिएका थिए।

यसैबीच सन्दीपको बलिङबाट दिल्ली डेयरडेभिल्स समेत प्रभावीत भएको छ। उसले समाजिक सञ्जालमार्फत ‘ब्रिलियन्ट स्पेल’ भन्दै लामिछानेको प्रशंसा गरेको थियो।

यो सँगै नेपालले आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूमा नामिबियासँग १ विकेटको रोमाञ्चक जित हात पारेको छ।