विर्तामोड । झापाको विर्तामोड नगरपालिकाले आर्थिक बर्ष ०७४/०७५ का लागि नगर विकास योजना सहितको ७३ करोड ४६ लाख ३० हजार ४ सय ६१ रुपैयाँ बजेटको सार्वजनिक गरेको छ । नगरपालिकाले शुक्रबार बिर्तामोड–२ चारपानेस्थित सांगवेद संस्कृत विद्यालयको भवनमा बजेट सार्वजनिक गरेको हो । नगरपालिकाले विषाधी मुक्त, पूर्ण खोपयुक्त, पूर्ण साक्षरतायुक्त खुल्ला दिशामुक्त, प्लास्टिक झोलामुक्त, अपाङ्गमैत्री, बालमैत्री शासनयुक्त, लैगिंकमैत्री, टुकीमुक्त बिर्तामोड नगर बनाउने योजना तथा नीति अघि सारेको छ । नगरपालिकाले आ.व. ०७४÷०७५ मा आम्दानीतर्फ आन्तरिक आय ६ करोड ५७ लाख ४ हजार तीनसय ८४ रुपैयाँ ७० पैसा, राजश्व बाँडफाँडवाट २ करोड, गतबर्षको मौज्दात ५ करोड ५२ लाख ५२ हजार ७ सय १५ रुपैयाँ ३० पैसा, नेपाल सरकार वित्तिय समानिकरणवाट २८ करोड ९६ लाख ८७ हजार, सडक वोर्डवाट ३५ लाख, नेपाल सरकार सर्शत अनुदानवाट ११ करोड ५४ लाख ५४ हजार, स्थानिय शासन सामुदायिक कार्यक्रमवाट १३ लाख १७ हजार, योजना लागत सहभागितावाट ४ करोड ५५ लाख ८० हजार एकसय र शिक्षा तथा स्वास्थ्य अपुग रकम मागबाट ४करोड ९५ लाख ३१ हजार २ सय ६१ रुपैयाँ गरि ७३ करोड ४६ लाख ३० हजार चारसय ६१ रुपैयाँ आम्दानी गर्ने नगर प्रमुख ध्रुबकुमार शिवाकोटीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी खर्चतर्फ प्रशासनिक ६ करोड १७ लाख ५० हजार, पुर्वाधार निर्माणतर्फ २७ करोड ८८ लाख ५० हजार, मेशनरी औजार खरिद ४ करोड, गत वर्षको भुक्तानी दायित्व २ करोड, कार्यक्रम खर्चमा एक करोड ९० लाख ५० हजार, शिक्षातर्फ १३ करोड ७३ लाख ७५ हजार २ सय ६१ रुपैयाँ, स्वास्थ्य तर्फ ४ करोड ६२ लाख ७५ हजार, पशुमा एक करोड ७५ लाख ४४ हजार २ सय, कृषिमा एक करोड ५६ लाख ८५ हजार, स्थानिय शासन सामुदायिक विकास कार्यक्रममा १३ लाख १७ हजार, सामाजिक सुरक्षा भत्तामा ८ करोड ८६ लाख ४ हजार र कार्यक्रम संचालन तर्फ ८१ लाख ८० हजार बजेट विनियोजन गरेको छ । नगर प्रमुख शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि झापा क्षेत्र नं. २ का सांसद पवित्रा निरौला खरेल रहेकी थिईन । नगर उपप्रमुख पवित्रादेवी महतराले स्वागत गरेको कार्यक्रममा विशेष अतिथि प्रदेश नं.१ का सांसद एकराज कार्की, जसमाया गजमेर, विमला विक, धर्मगरु किशोर गौतम, जिल्ला समन्वय समितिका सभापति सोमनाथ पोर्तेतको उपस्थितिर रहेका थिए । त्यसैगरी नेकपा एमाले विर्तामोड नगर अध्यक्ष ज्ञानुराम मैनाली, नेपाली काग्रेस नगर सभापति भोजराज सिटौला, माओवादी केन्द्रका नगर अध्यक्ष अरुण श्रेष्ठ ‘कुवेर’, विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, विर्तामोड वडा नं. २ का अध्यक्ष नगेन्द्रप्रसाद संग्रौला, जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाका प्रमुख राजेश राई लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा विर्तामोड नगरपालिका वडा नं. २ मा रहेको धार्मिक स्थल विवेकाश्रममा १ करोड ५० लाखको लागतमा भवन तथा मन्दिर निर्माणकर्ता बासुदेव र निलु केसीलाई नगरपालिकाले अभिनन्दन समेत गरेको नगर पालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष अग्नीप्रसाद पाण्डेले जानकारी दिए । कार्यक्रमको संचालन नगरपालिकाका सचिव मेघराज बास्तोलाले गरेको थिए ।