पानवारी । नेपाली फुटबलर तथा रुस्लान थ्रिस्टार क्लबका कप्तान विक्रम लामा ग्रान्डी इन्टरनेशनल अस्पताल भर्ना भएका छन् । लामा शनिबार धरानमा भएको बुढासुब्बा गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लब बिरुद्ध खेल्ने क्रममा घाइते भएका थिए । उनको दाहिने खुट्टा भाचिएकोले अप्रेसन गरिएको छ । शनिबार बुढासुब्बा गोल्डकप खेल्ने क्रममा घाइते भएका लामालाई धरानमा प्राथमिक उपचार गरेपछि तत्कालै विराटनगरबाट प्लेनमा काठमाडौ लगिएको थियो ।