पथरी/ मोरङको पथरीशनिश्चरे नपा २ स्थीत बुद्ध युथ क्लबले तेस्रो पथरीशनिश्चरे नगर स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. २ बिजयी भएका छन् ।
शनिबार भएको खेलमा वडा नम्बर १० लाई वडा नम्बर २ ले शून्यको विरुद्ध ८ गोल गर्दै विजय भएको हो । खेलको १२ औँ मिनेटमा वडा नम्बर २ का कुबेर न्यौपानेले पहिलो गोल गर्दै गोलको खाता खोलेका थिए । त्यसैगरी खेलको २८ औँ मिनेटमा वडा नम्बर २ कै असिम राईले १ गोल गर्दै खेललाई मध्यन्तर अघि ०–२ गोल बनाएका थिए ।
त्यसैगरी खेलको मध्यन्तर पछि वडा नम्बर २ का क्रमश असिम राईले ३ गोल, कवि राईले २ गोल र कुबेर(सन्तोष) न्यौपानेले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच वडा नम्बर २ का असिम राई घोषित भएका थिए ।
उद्घाटन खेललाई कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाको मेयर दिलिप कुमार राईले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राईले फुटबल खेलले व्यक्तिको मात्र विकास नभएर सिङ्गो नगर पहिचानलाई स्थापित गर्न लागिपरेका बुद्ध युथ क्लबलाई खेलको लागी नगरपालिकाको तर्फबाट ७५ हजार सहयोग गर्ने प्रतिवदता व्यक्त गरेका छन् । उनले भने –‘बुद्ध युथ क्लबले फुटबल खेल मात्र नभएर महिला फुटबल खेल लगाएत विभिन्न खेलहरु आयोजना गरी खेलाउन आग्रह गर्दछु ।’ त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि वडा नम्बर २ का वडाध्यक्ष यामप्रसाद गुुराई र विशिष्ट अतिथि वडा नम्बर १ का वडाध्यक्ष बाबुराम एक्देन, समाजसेवी मोहन तुम्बाम्पोले शुभकामना मन्तव्य दिएका थिए ।
नगर स्तरीय फुटबल माघ २७ गते देखि फागुन ७ गते सम्म पञ्चायत उमाविको प्रागङ्गनमा संचालन भईरहेको छ । फुटबल प्रतियोगितामा नगरको १० वडाको फुटबल टिमले सहभागि जनाएको छ । प्रतियोगिताको विजेतालाई ४० हजार रुपैया र उपविजेतालाई २० हजार रुपैया साथमा ट्रफी,मेडल र प्रमाण पत्र दिने खेल संयोजक विक्की राईले जनाएको छ । त्यसैगरी प्रत्येक खेलमा म्यान अफ द सिरीज,उत्कृष्ट खेलाडी,वेस्ट गोलरक्षक,वेस्ट डिफेन्डर,वेस्ट खेलाडी,वेस्ट कोच र खेल अवधि भर उत्कृट गोल कर्ता लाई नगद सहित पुरस्कार प्रदान गरिने क्लब अध्यक्ष मदन राईले बताए ।
प्रतियोगिताको खर्च आर्थिक संकलन,पथरीबाट बैदेशिक रोजगारको लागी विदेश रहेको नेपालीहरु र पथररीशनिश्चरे नगरपालिको कार्यालयबाट जुटाउने आयोजक टिमले जनाएको छ । खेल सम्पन्न गर्न ३ लाख ६३ हजार रकम खर्च हुने आयोजकले अनुमान गरेको छ । नगर स्तरीय फुटबल प्रतियोगीतामा खर्च गरेर बचेको रकम सामाजीक काममा खर्च गर्दै जाने क्बलका अध्यक्ष मदन राईले जनाए ।
पथरीशनिश्चरे नगरपालीकालाई फुटबलको माध्यमबाट समाज तथा सहरको बिकास गरेर नगरलाई चिनाउने,स्थानीय खेलाडी युवाहरुको खेलकुदको विकास गर्ने उदेश्यले प्रत्येक बर्ष फुटबल प्रतियोगिताको आयोजना क्लबले गदै आएको छ ।