पानवारी । मेयरकप स्कुल ओलम्पिक अन्तर्गत भएको बास्केटवल खेलमा कार्मेल, डिपो, विजयपुर, केके र नवज्योति स्कुल विजयी भएकाछन् । मेयरकप अन्तर्गत बास्केटबल खेल आइतवारदेखि डिपो माविको खेल मैदानमा सुरु भएको छ । आइतबार भएको उद्घाटन खेलमा कार्मेल स्कुलले लोटस स्कुललाई ३६–८ अंकको अन्तरले पराजित गरेको छ । त्यस्तै डिपोले धरान आदर्शलाई ५४–५ अंकको विशाल अन्तरले पराजित गरेको थिए भने विजयपुरले ल्यावोटरिलाई २१–१२, केकेले पदम स्कुललाई १६ –१४ र नवज्योतिले निकेतनलाई २६–०को अंकको अन्तरले पराजित गरेको छ । कार्मेल र लोटस विच भएको खेलमा दुवै टिमले प्रत्येक क्वाटरमा ७–४,११–०,११–२ र ७–२ अंक जोडेका थिए । दोस्रो, तेस्रो, चौथो र पाचौ खेलमा क्रमशः डिपो र धरान आर्दशले ११–०, १५–२, २४–३ र ४–० अंक, विजयपुर र ल्यावोटरिले ४–२, ४–३, ४–५, ०–२ र ९–० अंक, केके र पदम मेमोरियलले ४–०, ४–१, ४–५ र ४–८ अंक र आइतवार भएको अन्तिम खेलमा नवज्योतिले प्रत्येक क्वाटरमा र ८, ६, ८ र ४ अंक जोडेका थिए भने शिक्षा निकेतनले कुनै पनि अंक जोडन सकेन । विजयपुर स्कुल र ल्यावोटरि स्कुल विच भएको खेल निर्धारित समय सम्ममा वरावर अंक भएपछि खेलमा ५ मिनटको थप समय खेलाइएको थियो ।
फुटबलमा एकैदीन ८ खेल मेयरकप स्कुल ओलम्पिक अन्तर्गत भएको फुटबल खेलमा कार्मेल स्कुलले दन्तकाली स्कुललाई १–० गोल अन्तरले पराजित गरेको छ । कार्मेलका तर्फबाट युके राईले गोल गरी टिमलाई जित दिलाएका थिए आइतबार भएको खेलमा जेनिथ स्कुलले लिबर्टी स्कुललाई ट्राइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गरेको छ । जेनिथको तर्फबाट विशाल नाल्बो, मन्दीप बस्नेत, प्रविण लिम्बूले गोल गरे भने विश्वजित लिम्बू गोल गर्न चुकेका थिए । त्यस्तै लिबर्टीको तर्फबाट रोशन भुजेलले मात्र गोल गरे भने आयुष बराइली, युपिन राई, सुदीप नेपाली तीनै जनाले गोल गर्न सकेनन् । आइतबार भएको इस्टर्न एकेडेमी र युनाइटेड गोर्खा एकेडेमीबीच भएको खेलबाट युनाइटेड गोर्खाले जित निकालेको छ । युनाइटेड गोर्खाको तर्फबाट संयोग गुरुङले गोल गरेका थिए । विष्णु मेमोरियल स्कुल ले पञ्चायलत माविलाई २–० गोल अन्तरले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको छ । विष्णु स्कुलको तर्फबाट आशेष राई र सन्दीप गुरुङले गोल गरेका थिए । आइतबारै भएको खेलमा सुनाखरी स्कुलले लिगामेन्ट स्कुललाई ट्राइब्रेकरमा ६–२ ४ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै लोटस स्कुलले धरान आदर्श स्कुललाई ४–२ गोल अन्तरले पराजित गरेको छ । इमान्नुयल स्कुलले भगवती स्कुललाई ७–० को फराकिलो गोेल अन्तरले पराजित गरेको छ । विजयी विद्यालयहरु अघिल्लो चरणमा प्रवेश गरेका छन् भने पराजित विद्यालय प्रतियोगिताबाट बाहिरीनेछन् ।