बुधबार राति भएको खेलमा ४५ र ८३ औँ मिनेटमा गरी दुई गोल गरेका रोनाल्डो च्याम्पियन्स लिगमा एउटै क्लबबाट १०० गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
उनले एक क्लब, एक सय वा त्यो भन्दा बढी गोलको क्लब बनाए र त्यसको संस्थापक आफै भए । उनले ४५ औँ मिनेटमा गरेको गोल रियल मड्रिडबाट च्याम्पियन्स लिगमा उनको १०० औँ गोल थियो ।
यस्तै ८३ औँ मिनेटमा गोल गर्दै उनले त्यसलाई १०१ मा पु¥याए । समग्रमा ११६ गोल (छनौट चरण बाहेक) गरेका रोनाल्डो च्याम्पियन्स लिगका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । उनले रियल मड्रिडबाट १०१ र म्यानचेस्टर युनाइटेडबाट १५ गोल गरेका छन् ।
सर्वकालीन सर्वाधिक गोलकर्ता र एउटै क्लबबाट धेरै गोल गर्ने खेलाडीको सूचिमा दोस्रो नम्बरमा रहेका बार्सिलोनाका लियोनल मेस्सीले ९७ गोल गरेका छन् । तेस्रो स्थानमा छन्, रियल मड्रिडका राउल गोन्जाल्वेज ।
समर विण्डोमाउनले रियल मड्रिडबाट ६६ गोल गरेका छन् । यस्तै शाल्के र रियल मड्रिडबाट गरी ७१ गोल गरेका उनी सर्वाधिक गोलकर्ताको सूचिमा पनि तेस्रो स्थानमा छ । रोनाल्डोले यो सिजन च्याम्पियन्स लिगका सात खेलमा ११ गोल गरेका छन् ।