सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

अजुर्नले भनेका थिए “श्रीदेवी मेरी आमा होईनन् बुवाको पत्नी हुन्”

ब्लाष्ट खबर फागुन १४, २०७४ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
अजुर्नले भनेका थिए “श्रीदेवी मेरी आमा होईनन् बुवाको पत्नी हुन्”
That Arjun Kapoor doesn't share a rapport with stepmom Sridevi isn't hidden from anyone.

हिजो राती बलिउडकी सदाबहार नायिका श्रीदेवीको निधन भएपछि उनका प्रशंसकहरुमा ठुलो चोट पुगेको छ । दुबईमा आफनो भान्जाको बिवाहका लागि पुगेकी श्रीदेवीलाई अचानक हृदयघात हुँदा उनको निधन भएको हो । बलिउडमा ८० र ९० को दशकमा बलिउडमा एकछत्र राज गरेकी उनको पियरको रुपमा भने अनलि कपुर र जितेन्द«संग निकै रुचाईएको थियो ।

श्रीदेवीको करियरको समय उनको नाम मिथुनसंग पनि जोडिएको थियो । उनले एक्कासी आफनै फिल्मका निर्माता बोनी कपुरसंग बिवाह गरेपछि सबै जना छक्क परेका थिए । अनिल कपुरका आफनै दाई रहेका बोनीले जेठी श्रीमती मोनालाई सन् १९९६मा डिभोर्स लिएर श्रीदेवीलाई दोस्रो श्रीमतीकोरुपमा भित्राएका थिए ।

बोनीको जेठी श्रीमतीबाट दुई सन्तानमध्येका एक हुन चर्चित नायक अजुर्न कपुर । भनिन्छ अजुर्न र श्रीदेवीबीच कहिल्यै राम्रो सम्बन्ध भएन । कतिसम्म भने अजुर्नले एक अन्तरवार्ताको क्रममा श्रीदेवी आफनो आमा नभई बुवाको श्रीमती मात्र भएको बताएका थिए । उनको यही भनाईबाट नै श्रीदेवी र अजुर्नबीच सम्बन्ध नै नभएको चर्चा चलेको थियो ।

त्यसको केही समय पछि उनले फेरी अर्काे अन्तरवार्तामा श्रीदेवीसंग अहिलेसम्म पनि फेस टु फेस कुराकानी नगरेको पनि स्वीकार गरेका थिए । उनले भनेका थिए एउटा कलाकारको रुपमा म उहाँलाई सम्मान गर्छु । अजुर्न र श्रीदेवीका दुई छोरीहरुसंग सम्बन्ध राम्रै छ तर यी मिडियामा भने कहिले पनि एकसाथ देखिएका छैनन् ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार