काठमाडौं/ पुर्व गभर्नर युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त भएपछि आशा र शंका दुबै बढाएको छ । सत्तारुढ दलहरुभित्रै अर्थमन्त्रालय हाक्ने आकांक्षीहरु धेरै हुँदाहुँदै बाहिरबाट ल्याएको भनेर अशन्तुष्टी पनि बढेको छ । तर अर्थसंग सरोकारराख्नेहरुले भने पाँचवर्षे गभर्नरको कार्यकालमा सफल भएका व्यक्ति अर्थमन्त्रालयको जिम्मेवारीमा पुग्नु स्वागत योग्य कदम भनिरहेका छन् ।
अर्थशास्त्रमा र जनप्रशासनमा स्नातकोत्तर गरेका खतिवडाले दिल्ली स्कुल अफ इकोनोमिक्स दिल्ली विश्वविद्यालयबाट वित्तीय अर्थशास्त्रमा पिएचडी गरेका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशक हुँदै अनुसन्धान विभाग प्रमुखका रूपमा करिब तीन वर्ष काम गरेका खितवडा २०५८ देखि २०६१ सम्म राष्ट्रिय योजना आयोगको सदस्य भए ।
योजना आयोग छाडेपछि ०६२ देखि तीन वर्षसम्म युएनडिपीको क्षेत्रीय केन्द्र, कोलम्बोमा वरिष्ठ अर्थविद्का रूपमा काम गरे । त्यसपछि नेपाल फर्किए । २०६६ असारमा उनलाई तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले योजना आयोगको उपाध्यक्षमा नियुक्त गरे । आयोगको उपाध्यक्षमा नौ महिना काम गरेर उनले राजीनामा दिए ।
२०६६ चैत ९ मा उनी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भए । उनकाे गभर्नरको पाँचवर्षे कार्यकाल सफल भएको सरोकारवाला बताउँछन् । २०७२ मा पुनः योजना आयोगको उपाध्यक्ष बने । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा उनी योजना आयोगको उपाध्यक्ष भएर काम गरेका थिए । तत्कालीन अर्थमन्त्री विष्णु पौड्यालसँग अर्थशास्त्रको ज्ञान नभएको भन्दै खतिवडालाई छाया अर्थमन्त्री पनि भन्ने गरिन्थ्यो ।
साभार ः टुडेखबर