सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

सलमानले “नेपाल दबंग टुर” बाट लादैछन् ५ करोड

ब्लाष्ट खबर फागुन १५, २०७४ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber

फागुन २६ मा नेपालको काठमाडौंको टुँडिखेलमा हुन लागिरहेको सलमान खानको दबंग टुरले सर्बत्र चर्चा बटुलिरहेको छ । सलमान फागुन २५ गते नेपाल आउँदैछन् । उनीसहित १ सय १० जनाको जम्बो टोलीसहित नेपाल आउँने तय भएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक ओडिसी इन्टरटेन्मेण्टले जनाएको छ ।

सलमानले स्टेजमा एक घण्टा प्रस्तुती दिने तय भएको छ । सलमानसंगै सोनाक्षी सिन्हा, कृति सेनन, डेजी शाह, प्रभु देवा, मिट ब्रदर्स, मनिष पल समेत नेपाल आउँने भएका छन् । कार्यक्रम गरेबापत  सलमानले नेपालबाट ५ करोड लिएर जाने भएका छन् । शोको सम्पुर्ण खर्च १३ करोडको आसपासमा हुने आयोजकले अनुमान गरेको छ ।

बलिउड हस्तीसंगै नेपाली कलाकारहरुले पनि आफनो प्रस्तुती दिने भएका छन् । माला लिम्बु , सुस्मा कार्की , राजेश पायल राई र बिजय लामाले आफनो प्रस्तुती दिने भएका छन् । यसअघि उक्त शोमा प्रियंका कार्की , स्वस्तिमा खड्का र अलिसाले राईले हिन्दी गीतमा त्यसमा पनि सलमानको कोरसमा नाच्नु पर्ने भएपछि आफनो प्रस्तुती दिन अस्वीकार गरेका थिए ।

त्यसो त उनीहरुले आयोजकले अपमानजनक तरिकाले प्रस्ताव गरेको र पारिश्रृमिकसमेत कम दिएको भन्दै अफर अस्वीकार गरेका थिए । सलमानको शोको टिकट मुल्य भने ३ हजारदेखि २० हजारसम्म तोकिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार