विराटनगर । मुख्यमन्त्री शेरधन राईले नेपाललाई संबृद्ध बनाउने कार्यको थालनी १ नम्बर प्रदेशबाट सुरु हुने बताएका छन् । उनले नेपालका सात प्रदेश मध्ये अधिकतम बिकसीत प्रदेशको रुपमा १ नम्बर प्रदेशलाई पु¥याउने बताएका छन् । मङगलबार साँझ ब्लाष्टसँग कुरा गर्दै उनले १ नम्बर प्रदेशका बिकासका संभावनाहरुलाई गहनरुपमाले अध्ययन गरेर अगाडी बढ्ने बताए ।उनले १ नम्बर प्रदेशको पर्यटन,जलबिद्युत,सांस्कृतीक सम्पदा,कृषि,जडिबुडी जस्ता महत्वपुर्ण बिषयलाई प्राथमिकतामा राखेर निती तथा कार्यक्रम ल्याउनेपनि बताएका छन् । उनले प्रदेशको नामाकरणका बिषयमा समेत सबै पक्षलाई समेटेर अगाडी बढ्ने बताए ।‘कुनै एउटा पक्षको हैन,सबैको भावना समेटिने गरि प्रदेशको नामाकरण हुन्छ’ मुख्यमन्त्री राईले भने ‘यसमा ब्यापक छलफल र बहस हुन्छ । ‘प्रदेश १ लाई समृद्धितर्फ उन्मुख गराउनको लागि प्रदेश सरकाले कामको प्राथामिकता सर्वजानिक गर्नेछ,’ मुख्यमन्त्री राईले थपे ‘सरकारले १ सय दिनमा गर्ने कामको सूचि तयारी गर्न लागि परेका छौं । उनले जनताको माग र आवश्यकता पूर्ती गर्न अहिलेको सरकार लागि पर्ने प्रष्ट पारे । जनताले अब बिकास र संबृद्धि चाहेका छन् हाम्रो मुख्य जिम्मेवारी भनेको जनताको चाहाना पुरा गर्ने र देशलाई बिकासोन्मुख देशको गतिमा लैजाने हो राईले भने । प्रदेश सरकारले प्राथमिकताका आधारमा विकासका कार्यहरु अगाडी बढाउनेपनि उनले बताए । स्मरणीय छ १ नम्बर प्रदेसका १४ जिल्ला मध्ये ११ वटा पहाडि जिल्ला रहेका छन् । मुख्यमन्त्री राईले सबैको समान पहुच बिकास हुने गरि योजना बन्ने समेत स्पस्ट पारे । उनले १ नम्बर प्रदेसमा तत्कालै सडक सुशासन लागू गर्नेपनि बताएका छन् ।मुख्यमन्त्री राईले विराटनगर–रानी–किमाथांका सडक निर्माण पहिलो प्राथमिकतामा राखिने प्रतिबद्धता दोहो¥याए । तस्विर हालिदिनु होला ।