झापा/ झापाको बिर्तामोडस्थित बिएण्डसी शिक्षण अस्पतालले आगामी असारदेखि सन्चालनमा ल्याउन लागेको पूर्वान्चल क्यान्सर अस्पताल प्रालिले अत्याधुनिक उपकरण भित्र्याउने भएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईं र भेरियन्स मेडिकल्स सिस्टमका दक्षिण एसिया म्यानेजर बिनित गुप्ता तथा आनन्दकुमार सिंहबीच अत्याधुनिक उपकरण ल्याउने विषयमा सम्झौता भएको हो।

अस्पताल परिसरमा आ

योजित पत्रकार सम्मेलनमा दक्षिण एशियामै पहिलोपटक अत्याधुनिक उपकरण भित्र्याउन लागिएको दाबी गर्दै अब क्यान्सरका बिरामीले उपचारका लागि विदेश जानु नपर्ने बताए।

अमेरिकामै छ महिना अगाडि सुरु गरिएको हेल्सियोन र ट्रोबिम, फोर डी सिटी स्क्यान र डिजिटल मेमोग्राम मेसिन, ब्रेकी थेरापी अस्पतालले भित्र्याउन लागेको हो । हेल्सियोन मेसिन भारतमासमेत नभएको उक्त कम्पनीका म्यानेजर विनित गुप्ताले जानकारी दिए । उक्त मेसिन ल्याउन अस्पतालले ९० करोड रुपैंयाँमा सम्झौता गरेको कार्यकारी निर्देशक प्रसार्इंले बताए।

३ सय सैयाको अस्पतालले सबै प्रकारको क्यान्सरको उपचार गर्ने बिएण्डसी अस्पतालका  क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्रकुमार यादवले जानकारी दिए । यी उपकरण आएपछि क्यान्सरको रेडियसन लगाउने र कुन चरणको क्यान्सर लागेको भन्नेबारे त्यसैअनुसार उपचार थाल्ने उनले बताए । डा. यादवले यी उपकरण आएपछि ३ दिनदेखि ५ दिन भित्रमा क्यान्सरको उपचार हुने र महिनौंसम्म अस्पतालमा बस्नु नपर्ने जानकारी दिएका छन्।

पूर्वान्चल क्यान्सर अस्पताल आगामी असारबाट सेवा सुरु गर्ने लक्ष्यका साथ निर्माण भइरहेको र चार महिनाभित्र सम्पूर्ण उपकरणसमेत आइसक्ने अस्पतालले जनाएको छ।

बिभिन्न विशेषज्ञ सेवासहित उपचार गर्दै आएको अस्पतालले क्यान्सरको मात्रै छुट्टै अस्पताल नै सञ्चालमा ल्याउन लागेको अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले जानकारी दिए । हाल झापासहित इलाम, पाँचथर, ताप्लेजुङ्ग, मोरङ्ग, सुनसरी तथा भारतका बिभिन्न स्थानबाट उपचारका लागि बिरामीहरु आउने गरेको अस्पतालले जनाएको छ।