काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति युवा नेता गगन थापा आक्रमक बनेका छन् । थापाले सामाजिक सञ्जाल ट्वीटमार्फत आक्रोश पोखेका छन् ।
देउवाको असक्षम नेतृत्वको कारण स्थानीय, संघीय सभाको निर्वाचनमा लज्जास्पद पराजय भोगेको हुदाँ नेतृत्व परिवर्तनको आवाज उठाउँदै गर्दा पुनः देउवा नै संसदीय दलको नेतामा निर्वाचित भएपछि युवा नेता थापाको आक्रोश थपिएको हो ।
थापाले समर्थन गरेका प्रकाशमान सिंहले भन्दा दोब्बर बढी मत ल्याएर देउवा संसदीय दलको नेता बनेका छन् । प्रतिनिधि सभामा कांग्रेसको कुल ६३ मत मध्ये देउवाले ४४ मत पाएर संसदीय दलको नेता बने भने सिंहले १९ मत मात्र प्राप्त गरेका थिए ।
युवा नेता थापाले देउवालाई आफैँले समानुपातिकबाट बनाएका संसदको मतबाट चुनिने सजिलो उपायबाट संसदीय दलको नेता बने भन्दैमा नहौसिन र नउत्तालिन चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटमा लेखेको स्ट्याटस जस्ताको तस्तैः
साभारः शिखरन्यूज