काठमाडौं/ पहिलो नेपाल आईडल विजेता बुद्ध लामाले घोषित पुरस्कार नपाएको गुनासो गर्दै आक्रोश पोखेका छन् ।

गत दशैमा सम्पन्न पहिलो नेपाल आइडल विजेता बुद्ध लामाले २० लाख रुपैयाँ नगदसहित महिन्द्राको केयुभी गाडी पाएका थिए ।

नेपाल आइडल विजेता लामाले घोषित पुरस्कार महिन्द्राको केयुभी गाडी नपाएको गुनासो गरेका हुन् ।

लामाले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी गाडीसहित १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाएका थिए । उनले नगद २० लाख त पाए तर कार भने अझै नपाएको गुनासो गरेका छन् ।

आईडल विजेता लामाले एउटा अडियो सन्देशमार्फत कार नपाएको खुलासा गरेका छन् । उनको सन्देश सामाजिक सञ्जालमा निकै भाइरल भईरहेको छ । अडियोमा उनले भनेका छन्, ‘आठ महिना भैसक्यो धाउँदा धाउँदै कति दुख पाइसकें अझै कति धाउनु ? गाडी लैजाने हो भने ट्याक्स बापतको आठलाख रुपैयाँ लिएर आउनु गाडी लैजानु भन्छन् र घरमा एक रुपैयाँ छैन मैले कहाँबाट ल्याउनु त्यत्रो पैसा ? ल मेरो यो समस्या कसरी बाहिर ल्याउन सकिन्छ गरिदिनु पर्यो ।’