एजेन्सी । महिनावारीको विषयमा कोहि पनि खुलेर कुरा गर्न चाहाँदैनन् । तर हरेक महिलाहरु महिनावारी हुनै पर्ने हुनाले यस सम्बन्धी राम्रो ज्ञान हुन जरुरी छ ।
सबैकुरा ठिक चलिरहेको भन्ने लागिरहँदा पनि कहिले काहिँ कमजोरी अनुभव हुने तथा अनेक समस्या देखा पर्ने गर्दछ महिलाहरुमा ।
तपाईलाई थाहा छ यस्तो किन हुन्छ रु बास्तवमा यस्तो हाम्रो शरिरमा हर्मोनको सन्तुलन विग्रीनुको कारण देखापर्छ । र महिनावारीको समयमा यदि तपाईलाई अत्याधिक रगत बग्ने गर्दछ भने तपाईको शरिरमा हर्मोनको असन्तुलको कारण हुन सक्छ ।
तर डराउनुपर्ने कुनै कुरा छैन । केहि हेल्दी डाइट गरेर यो समस्याबाट मुक्त हुन सक्नुहुन्छ भने शरिरमा हर्मोनको असन्तुलन हुनबाट पनि जोगिन सक्नुहुन्छ ।
मेवा
यसमा पपाइन एन्जाइम्स हुन्छ जसले रगत बग्ने समस्या कम गर्छ । आयुर्वेदमा पनि यसको प्रयोग भएको पाइन्छ ।
उखूको जूस
हप्तामा एकपटक उखूको जूस पिउने गर्नाले हरेक महिना महिनावारी हुँदा रगत बग्ने समस्या कम हुँदै जान्छ ।
सुप
एक गिलास पानीमा एक चम्चा सुप उमाल्ने साथै सुप छानेर पानी तातो तातो नै पिउने गर्नाले रगत बग्न कम हुँदै जान्छ ।
सुन्तलाको जूस
एक गिलास सुन्तलाको जूसमा दुई चम्चा कागतीको रस मिलाएर दिनमा तीन चार पटक पिउनाले धेरै रगत बग्ने समस्याको समाधान हुन्छ ।
फर्सी
फर्सीलाई काटेर घाममा सुकाउने र त्यसमा दुध, दहि र चिनी हालेर पिस्ने । यसरी बनाएको जुस पिउनाले रगत बग्न कम गर्छ । र महिनावारीको समयमा दुखाई कम हुन्छ ।
धनियाँ
एक गिलास पानीमा दुई चम्चा धनियाँ पाउडर मिलाएर उमाल्ने । उक्त पानीलाई फ्रिजमा राख्ने । त्यसपछि चिसो पानी पिउने ।
अमलाको जूस
अमला आयुर्वेदिक औषधि हो । अमलाको रस र पुदिनाको रसलाई दहिमा मिसाएर पिउनाले रगत बग्ने समस्या कम हुन्छ ।
मेथीदाना
मेथीदानालाई पिसेर पाउडर बनाउने र पाउडरलाई दिनमा दुईपटक दुधमा घोलेर पिउँदा महिनावारी गढबडी हुने समस्या हराउँदै जान्छ ।
तरबुजा
यसमा मेग्नेशियम हुन्छ । यसको कारण शरिरमा प्रोजस्टोन एस्टोजेन हर्मोनको लेभल व्यालेन्स गर्न मद्दत गर्दछ । र महिनावारीको समयमा धेरै रगत बग्न दिदैँन ।
दालचिनी
एक कप पानीमा दालचिनीको एक डन्डी हालेर उमाल्ने र यसलाई छानेर तातो वा चिसो गरेर पिउन सक्नुहुन्छ । यसले रगत बग्ने समस्या कम गर्छ ।