शनिश्चरे ।यो समयका नेपालका अन्तरराष्ट्यिस्तरका चर्चित खेलाडी नवयुग श्रेष्ठको ह्या«िटकसँगै त्रिभूवन आर्मी क्लबले झापाको दमकमा जारी ‘प्रथम दमक गोल्डकप’ फुटबलको शनिवारको खेलमा सानदार जित हाँसिल गरेको छ । आर्मीले आयोजक दमक ११ माथि ६–० गोल अन्तरको जितसँगै सेमिफाइनल यात्रा तय गरेको छ ।

आर्मी टिमका हस्ती स्ट्राइकर नवयुगले टिमको अगुवाई मात्र गरेनन् जितका लागि समेत उत्साह भर्दैै विपक्षीमाथि दवाव कायम गरेपछि दमक ११ को केही सीप चलेन । सो खेलमा आर्मीका नवयुगले पूर्वाद्धको छैटौं मिनटमा र २२ औं मिनटमा गोल गरे । अर्का आक्रामक स्टइकर भरत खवासले २१ औं र विमल पाण्डेले उत्तराद्र्धको ९ मिनटमा गोल गरेका थिए ।

आयोजकका लागि घातक वनेको सो खेलमा उत्तराद्र्धको २९ औं मिनटमा आयोजकका पासांग तामाङको आत्मघाती गोलमा आर्मीले गोल संख्या ५–० भएको थियो । खेलको अन्तिम समयताका नवयुगले अर्काे गोल थपेर व्यक्तिगत ह्या«िटक कामय गर्न पुगे । नवयुग नै खेलको म्यान अफ दी म्याच भए ।

यसअघि रुपन्देही ११ लाई हराउदै आयोजक दमक ११ क्वाटर फाइनलमा प्रवेश गरेको थियो भने आर्मीले आफुलाई लक्की ड्रमा पार्दै सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो ।

आइतवारको पहिलो चरणको बाँकी रहेको खेल अन्तर्गत नेपाल पुलिस र थ्रीस्टारबीच प्रतिष्पर्धा हुनेछ ।

दमकलाई खेलकुद क्षेत्रबाट चिनाउँदै खेलकुद पर्यटन प्रवद्र्धनको उद्धेश्यले नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको विजेताका लागि १३ लाख ५१ हजार पुरस्कार रकम प्रदान हुने छ । सो पुरस्कार एनसेलले उपविजेता टिमका लागि ६ लाखको पुरस्कार सूर्यदर्शन सहकारी संस्थाले प्रायोजन गरेको छ ।