यासोक/पाँचथरको सर्वाधिक पुरस्कार राशि रहेको दोश्रो कुम्मायक कुस्सायक गोल्डकप चौथो चरणको खेलमा २ का बिरुद्ध ६ गोल अन्तर्गतले रेर्डहस ईलामलाई पाखा लगाउँदै चर्ज ब्वाईज क्लब काठमाण्डौ सेमी फाईनल खेलमा पुगेको छ ।
आईतबार पृथ्वी माबिको खेलमैदानमा भएको प्रतियोगितामा निर्धारित समय देखी नै रेर्डहस इलामले फितलो खेल प्रर्दशन गरेको थियो । खेल सुरुभएको ८ औ मिनेटमा रेर्डहसको कम्जोर डिफ्रेन्सको फाईदा उठाउदै चर्ज ब्बाईजको तर्फ बाट भूवन बस्नेतले गोल गरेका थिए । खेलको ४४ र ६१ मिनेटमा चर्ज ब्वाईजका सुनिल खड्काले दुई सुन्दर गोल गरेका थिए । दबाबमा परेका रेर्डहस बिरुद्ध चर्ज ब्बाईजका अरुण श्रेष्ठले र सुनिल खड्काले ६४ र ७४ औ मिनेटमा गोल गरि आफ्नो टिमलाई अग्रता दिलाएका थिए । निधारीत समयमा कुनै गोल गर्न नसकेको रेडर्हस इलामले थप गरिएको सात मिनेटमा २ गोल गरेको थियो । इलामका अबिशेक कार्की र अनिस थापाले थप गरिएको समयको २ र ४ मिनेटको फरकमा आक्रमक शैलिमा गोल गरेका थिए । त्यसको ६ मिनेटमै चर्ज ब्वाईज काठमाण्डौका दर्शन गुरुङले सुन्दर गोल थपे । खेलको म्यान अफ दि म्याच चर्ज ब्वाईजका सुनिल खड्का भए । उनले नगत रु ५ हजार ट्रफि हात पारे । भोलीको खेल आयोजक रानिगुफा सेवा समाज र क.क काठमाण्डौ बीच हुने आयोजक संस्थाले जनाएको छ ।