शनिश्चरे (मोरङ) । झापाको दमकमा जारी ‘प्रथम दमक गोल्डकप’ फुटबल प्रतियोगितामा आइतवार नेपालका ‘फुटबल किङ’ मानिएका टिमबीचको कडा प्रतिष्पर्धामाझ नेपाल पुलिसको टिमले जित निकालेर आफुलाई सेमिफाइनलमा प्रवेश गराएको छ ।
दमक नगरपालिकाको खेलकुद विकास समितिद्धारा आयोजित प्रतियोगिताको तेस्रो क्वार्टर फाइनलको प्रतिष्पर्धाका क्रममा पुलिसले उत्तिकै सशक्त टिम रुस्लान थ्रीस्टार क्लबलाई १– ० गोलले पराजित गरेको हो ।
खेलको पूर्वाद्र्धमा कडा प्रतिष्पर्धात्मक घम्साघम्सीबीच कुनै गोल हुन सकेन । उत्तराद्र्ध अन्तर्गतको ५७ औं मिनटमा पुलिसका अभिषेक रिजालले १ गोल गरेर टिमलाई अग्रता दिलाउँदै जित कायम गराएका थिए । उता, थ्रीस्टारको गोल फर्काएर वरावरी गर्ने र जितको दिशामा आफुलाई अगाडि बढाउने प्रयासमा केही सीप नचलेर नीलको अवस्थाको हार व्यहोर्नु पर्यो । अपेक्षाकृत खेल प्रदर्शन गर्न नसक्नुका साथै पाएका अवसर समेत गुमाउँदा ख्यातिप्राप्त खेलाडीहरुको संख्या र दर्शकको अपेक्षाका हिसावले विजय हात पार्ने अनुमान गरिएको थ्रीस्टार अन्तत ः वाहिरियो ।
खेलमा विजेता पुलिसका किरण चेम्जोङ् म्यान अफ द म्याच घोषित भए । उनले नगद ११ हजार रुपैया प्राप्त गरे ।
पृुलिसकातर्फबाट अभिषेकका साथै रवि पासवान, दिनेश राजवंशी, उत्कृष्ठ गोलकिपर किरण चेम्जोङ सहितका ख्यातिप्राप्त राष्ट्यि खेलाडी सहभागि थिए । थ्रीस्टारबाट नेपालमै सर्वाधिक चर्चाका अन्तरराष्ट्यिस्तरका विमल घर्तीमगरका साथै क्याम्पटेन निराजन खड्का, अनन्त तामाङ, बुद्ध चेम्जोङ, सुनिल बल, रजिन धिमाल, विजय धिमाल, अफ्रिकन पिटर सहितका उस्तै ख्यातिप्राप्त खेलाडी मैदानमा थिए ।
गोल्डकपमा सोमवार सरस्वती क्लब र मनाङ् मस्र्याङ्दीबीच चौथो क्वार्टरफाइनको प्रतिष्पर्धा हुने खेल संयोजक भिमराज केसीले जनाए । दमकलाई खेलकुद क्षेत्रबाट चिनाउँदै खेलकुद पर्यटन प्रवद्र्धनको उद्धेश्यले आयोजना भएको प्रतियोगिताको विजेताका लागि १३ लाख ५१ हजार पुरस्कार रकम प्रदान हुने छ । सो पुरस्कार एनसेलले उपविजेता टिमका लागि ६ लाखको पुरस्कार सूर्यदर्शन सहकारी संस्थाले प्रायोजन गरेको छ ।