यासोक । पाँचथरको कुम्मायक गाउपालिकामा जारी दोस्रो कुम्मायक–कुसायक गोल्डकप फुटवल प्रतियोगितामा आयोजक रानिगुफा सेवा समाजलार्ई पराजित गर्दै सुन्धरा क्लव काठमाडौँ फाइनलमा प्रवेश गरेको छ । पृथ्वि माविको खेल मैदानमा भएको सेमिफाईनल खेलमा आयोजको विरुद्ध ८–० को फराकिलो गोल अन्तरको जित दर्ता गर्दै काठमाडौँले फाइनलको यात्रा पक्का गरेको हो । काठमाडौँको जितमा खमिर गिल्सन कन्दङवाले खेलको क्रमशः ११ औँ, ४२ आंै, ६२ र ६८ औं मिनेटमा गोल गरेका थिए । त्यस्तै सुन्धारा फुड्वल क्लबका बिसाल राईले खेलको २५ र ४६ औं मिनेटमा सुन्दर गोल गरेका थिए । कमजोर खेल प्रस्तुत गरेको आयोजको लागि पुनः खेलको ३६ आंै मिनेटमा कर्ण लिम्बु र ३९ औ मिनेटमा पुष्प मादेनले अन्तिम गोल गरेका थिए खेलको म्यान अफ द म्याच सुन्धरा क्लव काठमाडौँका खमिर गिल्सन कन्दङवा घोषित हुदैं नगद ५ हजार र ट्रफि प्राप्त गरे । जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले ट्रफिसहित नगद ३ लाख ११ हजार एक सय ११ रुपैँया प्राप्त गर्नेछ, भने उपबिजेताले नगत १ लाख ५५ हजार ५ सय ५५ रुपयाँ हात पर्ने छ । ऐतीहासिक त्रिशाली मेलाको अवसरमा आयोजित प्रतियोगिताको भोली अर्थात २५ गते हुने खेल एकता युवा क्लब मोरङ र चर्च ब्वाईज काठमाण्डौ बीच हुने खेल सम्योजक सीव लावतीले बताए । प्रतियोगिताको फाइनल खेल बैशाख २६ गते हुनेछ ।