शनिश्चरे । झापाको दमकमा जारी ‘प्रथम दमक गोल्डकप’ फुटबल प्रतियोगिताको सोमवारको अन्तिम क्वार्टरफाइनल खेलमा मनाङ् मस्र्याङ्दीले सानदार जीत हाँसिल गरी आफुलाई सेमिफाइनल प्रतिष्पर्धामा उतारेको छ ।

दमक नगरपालिकाको खेलकुद विकास समितिद्धारा आयोजित प्रतियोगिताको प्रतिष्पर्धाका क्रममा मनाङले ५– ० गोल अन्तरले सरस्वती क्लब काठमाडौंलाई पराजित गरेको हो । सो खेलमा पूर्वाद्र्धमा दुवै टीमबीचको कडा प्रतिष्पर्धामा कुनै गोल हुन सकेन । दमक बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलको उत्तराद्र्धमा मनाङका लागि सुजल श्रेष्ठले २ तथा विमल बस्नेत, तिर्थ बस्नेत र सुबास गुरुङले एक–एक गोल गरेका थिए ।

उत्तराद्र्धको चौथो मिनट अर्थात समग्र खेलको ४९ औं मिनटमा मनाङका सुजल श्रेष्ठले गोलको खाता खोलेर आफ्नो टीमलाई अग्रता दिलाए । त्यसपछि उत्साहित वनेको मनाङका तर्फबाट ६१ औं मिनटमा विमल वस्नेतले अर्काे गोल थपे । ८५ औं मिनेटमा तिर्थ बस्नेतले तथा लगत्तै ८६ औं मिनेटमा सुवासले गोल गर्दै मनाङको अग्रता ४–० अवस्थामा पुर्याएका थिए । खेलको इन्जुरी समयमा पुनः सुजलले गोल गर्दै मनाङको जित ५–० ले सुनिश्चित गरे ।

पूर्वाद्र्धको १३ औं मिनेटमा मनाङका सुजलले गरेको प्रहार सरस्वतीका गोलकिपर अशोक बरालले पञ्च गरेर बचाएका थिए । ३६ औं मिनेटमा सुजलकै प्रहार सरस्वतीका डिफेण्डरले क्लियर गर्दै गोल हुनबाट जोगाएका थिए । ५५ मिनेटमा बिमल बस्नेतको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिएपछि मनाङले खेलमा दोब्बर हुने अवस्था गुमाएको थियो । ७७ औं मिनेटमा हेमन गुरुङको क्रस पासलाई सुजलले गोलपोस्टको दिशा दिन सकेनन् । दुवै टीममा राष्ट्यिस्तरका चर्चित खेलाडीहरुको सहभागिता थियो ।

खेलमा दुई गोलकर्ता सुजल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद ११ हजार रुपैया प्राप्त गरे । प्रतियोगितामा मंगलवारदेखि सेमिफाइनलका खेलहरु सुरु हुनेछन् । गोल्डकपको पहिलो सेमिफाइनलका रुपमा मंगलवार नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफबीच प्रतिस्पर्धा हुनेछ । बुधवार मनाङ् मस्र्याङ्दी र त्रिभूवन आर्मीबीच अन्तिम सेमीफाइनल खेल हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाख ५१ हजार तथा उपविजेताले नगद ६ लाख रुपैया प्राप्त गर्नेछ । विजेताका लागि एनसेलले र उपविजेता टिमका लागि ६ लाखको पुरस्कार सूर्यदर्शन सहकारी संस्थाले प्रायोजन गरेको छ ।