पाँचथर/पाँचथरको कुम्मायक गाउपालिकामा जारी दोस्रो कुम्मायक–कुसायक गोल्डकप फुटबल प्रतियोगितामा एकता युवा क्लब मोरङलार्इ पराजित गर्दै चर्ज ब्वाईज क्लब काठमाडौँ फाइनलमा प्रवेश गरेको छ । पृथ्वी माविको खेल मैदानमा भएको सेमिफाईनल खेलमा मोरङको विरुद्ध ४–१ कोे गोल अन्तरको जित दर्ता गर्दै काठमाडौँले फाइनलको यात्रा तय गरेको हो । चर्ज ब्वाईजकोे जितमा फ्रिकिक को अवसरलाई सदुपयोेग गर्दै खेलको १८ औ मिनेटमा निरज बस्नेतले प्रहार गरेको बल किपरले क्लियर गर्न नसक्दा गोलमा परिणत भएको थियो । खेलको ३८ औं मिनेटमा भुवन बस्नेतले गरेको हेड्ले पुनः दोस्रो गोल लागेको थियो । निधारित समयको ६२ औं मिनेटमा पुनः निरज बस्नेले कर्नरबाटै सुन्दर गोल गरेका थिए । खेलको ७२ औं मिनेटमा एकता मोरङको मिस पासलाई सदुपयोग गर्दै चर्ज ब्वाईजका निरज बस्नेतले नै अन्तिम गोल गर्दै आफ्नो अंक तालिकालाई अन्तिम चारमा पुर्याएका थिए । निकै दबावमा परेको एकता क्लबको तर्फ सौजन याख्याले खेलको ५४ औं मिनेटमा रिवाउन्ड भएको बललाई प्रहार गर्दै १ गोलले खाता खोलेका थिए । निर्धारित समय अबधिभर चर्ज ब्वाईज काठमाण्डौ हाबी भएको थियो । एकता युवा क्लबले राम्रो खेल प्रर्दशन गरे पनि पोल चार्ज गर्न नसस्दा १ गोलमै खुम्चिन बाध्य भयो । खेलको म्यान अफ द म्याच चर्ज ब्वाईज क्लव काठमाडौँका निरज बस्नेत घोषित हुदैं नगद ५ हजार र ट्रफि प्राप्त गरे । जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले ट्रफिसहित नगद ३ लाख ११ हजार एक सय ११ रुपैँया प्राप्त गर्नेछ, भने उप-बिजेताले नगत १ लाख ५५ हजार ५ सय ५५ रुपयाँ हात पर्ने छ । ऐतीहासिक त्रिशाली पुजा एवंम मेलाको अवसरमा आयोजित प्रतियोगिताको भोली अन्तिम फाईनल खेल सुन्धारा क्लब काठमाण्डौ र चर्ज ब्वाईज क्लब काठमाण्डौ बीच खेल हुने संयाेजक सीव लावतीले बताए । आठ टिमको सहभागी भएको प्रतियोगिताको फाइनल खेल बैशाख २६ गते हुनेछ ।