पथरी/ मोरङको पथरीशनिश्चरे क्रिकेट क्लबको आयोजनामा १ नम्बर प्रदेश स्तरीय प्रथम सी.एम.कन्दङ्वा टी. ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।
बिहिबार एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको हो । एभरेष्ट स्कुलको मुख्य प्रायोजनमा जेठ ५ देखि १२ गते सम्म प्रतियोगिता हुने छ । क्रिकेट प्रतियोगितामा झापा, मोरङ र सुनसरीको १४ वटा टिम सहभागीहुने आयोजक क्वबका अध्यक्ष अरुण राईले जनाए । पथरीशनिश्चरे क्रिकेट क्लब रातो,पथरीशनिश्चरे क्रिकेट क्लब नीलो, रत्न युवा क्लब पथरी,बिरेन्द्रनगर क्रिकेट क्लब, तरहरा क्रिकेट क्लब,दमक क्रिकेट क्लब, मोती ११ बिराटनगर,न्यू अरुण स्पोटिङ् क्लब,इनुरुवा क्रिकेट क्लब,ब्लु स्टार क्रिकेट क्लब, इटहरी क्रिकेट क्लब,बेलबारी क्रिकेट क्लब,च्यालेन्जर्स क्रिकेट क्लब र शिव सतासी ११ टिमहरु सहभागी हुने आयोजकले जनाएको छ ।
पथरीशनिश्चरे–१ स्थीत पथरी रंगशालामा हुने छ । प्रतियोगिताको विजेता र उपविजेता टिमलाई क्रमशः ३५ हजार र २० हजार नगर, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । खेलको मुख्य प्रायोजक एभरेष्ट अंग्रेजी आवासीय माध्यमीक विद्यालय र प्रायोजक ग्राउन्ड जीरो एकेडेमी अफ जीन्स रहेका छन् । खेललाई सह–प्रायोजक,विविध प्रायोजक,पुरस्कार सौजन्य पथरीबजारका तीन दर्जन व्यापारी र केही नीजि विद्यालयहरुले गर्ने भएका छन् । सी.एम.(चन्द्रमान)कन्दङ्वा मोरङ पथरीमा स्थापित एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयका संस्थापक हुन् ।
२०६२ फागुन २५ गते ७७ बर्षको उमेरमा दिगंवत कन्दङ्वाको सम्झनामा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको एभरेष्टका निर्देशक रविन कन्दङ्वाले बताए । क्रिकेट प्रतियोगिता हरेक वर्ष आयोजना गरिने आयोजकले बताएका छन् ।