धरान । नेपालका कप्तान पारस खड्का र भारतिय कप्तान बिराट काेहलीबीच टस गरेकाे हेर्ने सपना धेरै नेपालीकाे छ । त्याे सपना पुरा हुन त्यती सजिलाे भने छैन तर दुर्इ कप्तानबीच टस गरेकाे हेर्ने चाहाना अहिले नै पुरा नभएपनि नेपाली युवा क्रिकेट खेलाडी सन्दिप लामिछानेले शनिबार अाइपिएलमा डेब्यु गरेसँगै भारतिय कप्तान बिराट काेहली बिरूद्ध बलिङ गरेकाे सारा नेपालीले हेर्न पाएका छन् । उनले बलिङ मात्र गरेनन्  उत्कृष्ट ब्याट्समेन मध्येका एक पार्थिप पटेलकाे विकेट समेत लिएका छन् ।

सन्दिप लामिछानेले अाईपिएलकाे डेब्यु खेलमा नै प्रभाबशाली बलिङ गरेका छन् । उनले ४ ओभरमा २५ रन दिएर एक विकेट लिए ।

उनको इकोनोमि ६ दशमलब २५ रह्यो । उनको इनिङ मा २ चौका र एक छक्का रह्यो । एबिडी भिलियर्सले सन्दिपलाई एक छक्का हाने भने बिराट कोहलि र पार्थीब पटेलले एक एक चौका हाने । आक्रामक ब्याटिङ गरिरहेका ब्याट्स्मानले पनि सन्दिपको बलमा खुलेर खेल्न सकेनन् । सन्दीपकाे उत्कृष्ट बलिङका बाबजुद पनि उनकाे टाेलि भने पराजित भएकाे छ र पराजित भएसँगै टाेली दुर्इखेल अगावै समुह चरणबाटै बाहिरीएकाे छ ।